नेभिगेसन मेनु

भाषा सभ्यतामा संवाद सहजीकरण
सम्पादक:南亚网络电视
लेखक:बिशाल श्रेष्ठ
समय:2023-04-24 20:31

IMG_8789

खादाद्वारा सम्मानित विशिष्ट अतिथिजन। तस्विर-बिशाल श्रेष्ठ/एस ए टि भी

काठमाडौं विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटले अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस २०२३ को कार्यक्रम आज काठमाडौं विश्वविद्यालयको सम्मेलन हलमा आयोजना गरेको छ। यस कार्यक्रम "चिनियाँ भाषा सभ्यतामा संवाद सहजीकरण गर्ने" भन्ने मुलनारामा आधारित रहेको आयोजक काठमाडौं विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटले बताएको छ।

IMG_8798

दीप प्रज्वलन र नेपाल-चीन दुवै राष्ट्रको राष्ट्रिय गीत गाएर कार्यक्रमको सुरुवात भएको थियो । तस्विर-बिशाल श्रेष्ठ/एस ए टि भी

काठमाडौं  विश्वविद्यालयका उपकुलपती प्राध्यापक डा. भोला थापा सभापती र नेपालका लागि जनबादी चीनका राजदुत महामहिम छन सोङज्युको अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो भने, कार्यक्रममा नेपाल-चीन सन्स्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा. हरिश चन्द्र शाह, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार डाअचुत वाग्ले, काठमाडौं विश्वविद्यालयका पुर्व रजिष्ट्रार प्राध्यापक डा. भद्र मान तुलाधर लगायत अन्य वरिष्ठको विशिष्ट उपस्थिति रहेको थेयो।

IMG_8806

मन्तब्य पेश गर्दै काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार अच्युत वाग्ले। तस्विर-बिशाल श्रेष्ठ/एस ए टि भी

''नेपालका लागि चिनियाँ राजदूत महामहिम छन सोङले, काठमाडौं विश्वविद्यालयले विगत वर्षदेखि चिनियाँ भाषा सिक्ने उत्साही हजारौं नेपालीलाई तालिम दिई एकअर्कालाई राम्ररी बुझ्ने काममा योगदान पुर्याएको भन्दै गर्नुभएको निस्वार्थ प्रशंसाले मलाई धेरै छोयो'' काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेले बताउनु भयो ।

नेपालमा रहेको अध्यापन केन्द्र हिल टाउन सेकेन्डरि स्कुल, प्राइम ग्लोबल स्कुल, ख्वपा कलेज लगाएत अन्य स्कुलहरुले पनि कार्यक्रममा सहभागी भै संस्कृतिक आदनप्रदानमा टेवा पुर्याउन बिभिन्न् नाचँ, गान, कविता बाचन र कम्फुको उत्कृष्ट प्रदर्सनी गरेका थिए।

काठमाडौं विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटद्वारा आयोजित १४ औं अन्तरास्ट्रिय चिनियाँ भाषा दिवसमा चीन र नेपाल बिच सम्बन्ध सुधारित गर्न योगदान पुर्याउनु हुने ब्यक्तित्वहरुको उत्साहाजनक उपस्थितीले माहोल झनै गरिमामय तुल्याएको थियो।

नेपाल र चीन बिचको संस्कृतिक आदान प्रदानलाई अज्ज प्रगाढ र अमर बनाउने उद्देश्यले कार्यक्रम राखिएको आयोजकको भनाइ रहेको छ।

 तस्विरहरू

IMG_8807

IMG_8812

IMG_8816

IMG_8822

IMG_8864

IMG_8830

IMG_8851

IMG_8860

IMG_8881

IMG_8891

IMG_8897

IMG_8899

IMG_8903

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर