नेभिगेसन मेनु

चेन्नई पाँचौँपटक च्याम्पियन
सम्पादक:南亚网络电视
समय:2023-05-30 18:35

ipl-2023-winner-chennai-super-kings-csk

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को पाँचौँपटक उपाधि जितेको छ । १६औँ संस्करणको सोमबार रोमाञ्चक फाइनलमा चेन्नईले साबिक विजेता गुजरात टाइटन्समाथि पाँच विकेटको सानदार जित निकाली पाँचपटक ट्रफी चुमेको हो । चेन्नईले आइपिएलको सर्वाधिक विजेता मुम्बईसँग बराबरी गरेको छ । मुम्बईले पनि पाँचैपटक उपाधि हात पारेको छ । 

वर्षाले प्रभावित पारेको फाइनलमा पहिलो ब्याटिङ गरेको गुजरातले २० ओभरमा चार विकेट गुमाएर दुई सय १४ रनको योगफल खडा गरेको थियो । दोस्रो इनिङ्समा वर्षाले खेल रोकिएको थियो । डकवर्थ लेविस नियमअनुसार चेन्नईले १५ ओभरमा एक सय ७१ रनको नयाँ लक्ष्य पायो । 

चेन्नईले १५ ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७१ रन जोड्यो । अन्तिम ओभरमा चेन्नईलाई १३ रन चाहियो । रविन्द्र जडेजाले मोहित शर्माको १४.५ बलमा छक्का र १४.६ बलमा चौका प्रहार गर्दै चेन्नईलाई रोमाञ्चक जित दिलाए । चेन्नईका लागि डेभोन कोन्वेले २५ बलमा ४७ रन, शिभमले २१ बलमा ३२ रन, अजिन्का राहानेले १३ बलमा २७ रन र रविन्द्र जडेजाले ६ बलमा १५ रन बनाए ।

यसअघि ब्याटिङ गरेको गुजरातले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको थियो । ओपनरद्वय रिद्धिमान शाह र शुभमान गिलले पहिलो विकेटका लागि ६.६ ओभरमा ६७ रनको साझेदारी गरेका थिए । एक जीवनदान पाएका गिलले त्यसपछि विस्फोटक ब्याटिङ गरेका थिए । चेन्नईका कप्तान महेन्द्रसिंह धोनीबाट स्टम्पिङ हुनुअघि गिलले २० बलमा सात चौकाको सहयोगमा ३९ रनको योगदान दिए । 

रिद्धिमानले साई सुदर्शनसँग दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै गुजरातलाई १३.६ ओभरमा १३१–२ को बलियो स्थितिमा राखे । रिद्धिमानले ३९ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ५४ रनको योगदान दिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर