नेभिगेसन मेनु

सहिद स्मारक ‘ए’ डिभिजन लिगः शीर्ष र रेलिगेसन प्रतिस्पर्धा रोचक
सम्पादक:南亚网络电视
समय:2023-06-01 12:53

1685583390_olawale-1200x560-wm

सहिद स्मारक ‘ए’ डिभिजन लिग उत्तरार्धमा पुग्दा विजेताका साथै शीर्ष डिभिजनको हैसियत जेगाउने टोलीको प्रतिस्पर्धा थप रोचक बनेको छ।  

मंगलबारबाट सुरु भएको २३औं चरणको खेलमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडले विभागीय क्लब एपिएफमाथि सहज जितसहित शीर्ष स्थानको अग्रता फराकिलो पारेको थियो। चर्च ब्वाइजमाथि लगातार दबाब बनाइरहेको साबिकको विजेता मच्छिन्द्र फुटबल क्लबले बुधबार सातदोबाटो युथ क्लबमाथि ३–१ को सहज जितसहित उपाधि सम्भावना कायम राखेको छ। मच्छिन्द्रको सहज जितमा ओलावाले आफिजले ह्याट्रिक पूरा गरे। जारी सिजन दोस्रो ह्याटिंक पूरा गरेसँगै ओलावालेले आफ्नो गोलसंख्या १८ पु¥याएका छन्। सातदोबाटोका जोर्डन पुन मगरले गरेको गोल सान्त्वना बन्यो।

२३ खेलको समाप्तिमा दोस्रो स्थानमा उक्लिएको मच्छिन्द्रको ३९ अंक छ। जुन शीर्ष स्थानको चर्च ब्वाइजभन्दा मात्र २ अंक कम हो। तेस्रो स्थानको जावलाखेल युथ क्लबको समान खेलमा ३७ अंक छ।  

चर्च ब्वाइज शीर्ष डिभिजनमा बढुवा भएको पहिलो वर्ष नै उपाधि जित्न चाहन्छ। यता साबिकको विजेता मच्छिन्द्र भने उपाधिमा ह्याट्रिक लक्ष्य पूरा गर्न चाहन्छ। चर्च ब्वाइज र मच्छिन्द्रलाई पछ्याइरहेको जावलाखेल पनि पहिलो पटक लिग उपाधि उचाल्ने झीनो आशामा छ। शीर्ष तीन स्थानमा रहेका टोली उपाधि भिडन्तको दौडमा रहँदा चौथो स्थानदेखि १४औं स्थानसम्म रहेका टोली भने रेलिगेसन क्षेत्रबाट जोगिने दौडमा छन्। शनिबार चर्च ब्वाइज र जावालाखेलबीचको २४औ चरणको भिडन्तले उपाधि विजेताको होडबारे थप स्पष्ट पार्नेछ।  

चौथो स्थानको नेपाल पुलिस क्लबको २२ खेलमा ३१ अंक छ। जुन १४औै स्थानको एफसी खुमलटारको भन्दा मात्र ७ अंक बढी हो। पाँचौं स्थानदेखि १४औंै स्थानबीचको टोलीको दूरी मात्र ५ अंक रहेको छ। पाँचौं स्थानको त्रिभुवन आर्मी क्लबको ३०, छैटौं स्थानको एपिएफ, सातौं आठौं स्थानको न्युरोड टिम (एनआरटी) र नवौं स्थानको हिमालयन शेर्पाको समन २९ अंक रहेको छ। १०आंै मनाङ मस्र्याङदी क्लबको २८ अंक रहेको छ। ११औं र १२औं स्थानको थ्री स्टार क्लब र संकटा क्लबको समान २७ तथा १३औं र १४औं स्थानको फ्रेन्ड्स क्लब र खुमलटारको समान २४ अंक रहेको छ।

नेपाली घरेलु फुटबलमा लामो इतिहास बोकेका थ्री स्टार क्लब र संकटा क्लब बुधबार च्यासल फुटबल मैदानमा २३औं चरणको खेलमा आमनेसामने भएका थिए। दुवै क्लब स्पष्ट ३ अंकसहित रेलिगेसनबाट बाँच्ने गणतिय सम्भावना कायम राख्न चाहन्थे। तर गोलरहित बराबरी खेलेसँगै दुवै टोलीमाथिको दबाब थपिएको छ। थ्री स्टार र संकटाभन्दा तल रहेका एक खेल कम खेलेकाले पनि यी दुई टोलीबीचको दबाब चुलिएको हो। लिगको सुरुआतमा दाबेदार टोलीको रूपमा देखिएका दुवै क्लब अहिले भने शीर्ष डिभिजन जोगाउन संघर्षरत छन्।  

संकटाका प्रशिक्षक रवीन्द्र सिख्राकारले आफ्नो लक्ष्य लिगमा बाँकी रहेका तीन खेलमा अंक नगुमाउने र रेलिगेसन संकट टार्ने रहेको बताए।

‘फुटबलमा सधैँ राम्रो प्रदर्शनले मात्र नतिजा दिन्छ भन्ने हुन्न, भाग्यको पनि साथ चाहिने रहेछ,’ प्रशिक्षक सिख्राकारले भने, ‘पूर्वप्रशिक्षक सल्यान खड्कीकै प्रशिक्षण्मा विगतमा टोलीले दोस्रो स्थान हासिल गरेको थियो। तर यस सिजन उहाँका लागि र क्लबका लागि पनि सुखद रहेन। उहाँले क्लबसँगको विवादभन्दा पनि अन्य प्रशिक्षक आएको खण्डमा क्लबको खराब लय सुधार्ने लक्ष्यसहित क्लब छोड्नुभएको हो। हामीले पछिल्लो खेलमा शीर्ष स्थानको चर्च ब्वाइजलाई स्तब्ध पा¥यांै। आज थ्री स्टारसँग अंक बाँड्यौं। अब हाम्रो लक्ष्य भनेको बाँकी तीन खेलमा पनि अपराजित रहने र रेलिगेसन टार्ने रहेको छ।’

थ्री स्टारका प्रशिक्षक मेगराज केसीले टोलीको प्रदर्शनभन्दा पनि अब टोलीले जोड्ने अंकमा केन्द्रित भएको बताए।  

‘आजको खेल कठिन थियो। दुवै टोली तीन अंकका लागि आएका थिए। तर दुवै क्लब सफल भएनन्। आजको नतिजाले टोलीमाथि रेलिगेसनको दबाब थपिदिएको छ,’ थ्री स्टार प्रशिक्षक केसीले भने, ‘हामीले पछिल्लो ११ खेलमा जित निकाल्न सकेका छैनौं। हामीले जित मात्र ननिकालेका हौ, खराब प्रदर्शन गरेका होइनौं। हामीले सबै खेलमा गोलको अवसर पाएका थियौं। त्यसको सदुपयोगमा मात्र चुकेका हाैं।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर