नेभिगेसन मेनु

चर्च ब्वाइज ए डिभिजन लिगको उपाधि होडमा बलियो
सम्पादक:南亚网络电视
समय:2023-05-31 14:17

Church boys (2)1685509795

सहिद स्मारक ए डिभिजन लिगमा अहिले २३ औं राउन्डका खेल भइरहेका छन्। 

२६ राउन्डसम्म चल्ने लिगमा नवप्रवेशी चर्च ब्वाइज शीर्ष स्थानमा छ।

चर्च ब्वाइजले २३ खेलबाट ४१ अंक जोडेको छ। दोस्रो स्थानको जावलाखेल युथ क्लबको ३७ अंक छ। एक खेल कम खेलेको साविक विजेता मछिन्द्र क्लबको ३६ अंक छ। यी तीन क्लब उपाधि होडमा छन्। 

शीर्ष स्थानको चर्च व्वाइजले अंक गुमाएको अवस्थामा मात्र जावलाखेल र मछिन्द्रलाई उपाधि जित्ने मौका हुनेछ। 

अब लिगमा चर्च व्वाइजले तीन खेल खेल्न बाँकी छ। चर्च व्याइजले अब दोस्रो स्थानको जावलाखेल,  थ्रीस्टार र अन्तिम खेलमा पुछारको खुमलटारसँग खेल्न बाँकी छ। 

यी तीनै खेलमा जित निकाले चर्च ब्वाइज लिग खेल्न थालेको सिजनमै च्याम्पियन हुनेछ। 

जावलाखेल र चर्च ब्वाइजबीचको खेलले पनि उपाधि होडमा महत्वपूर्ण भुमीका खेल्नेछ।

चर्च व्वाइजले जित हात पारे उपाधितर्फ अघि बढ्नेछ भने जावलाखेलको उपाधि यात्रा सकिनेछ। यदि जावलाखेल विजयी भएमा भने मछिन्द्रका लागि सहज अवस्था हुनेछ। जावलाखेल र चर्च ब्वाइज पनि उपाधि होडमै हुनेछन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर