नेभिगेसन मेनु

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज थुनछेक बहस हुँदै
सम्पादक:南亚网络电视
समय:2023-06-04 14:31

0

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस हुँदैछ। 

आइतबार यस प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा परेको छ।

उनको इजलासमा थुनछेक बहस गर्नको लागि तयारी भइरहेको अदालतका सूचना अधिकारी दीपक दाहालले बताए। अहिले प्रतिवादीतर्फका वकिलहरू तथा सरकारी वकिलहरू अदालत जाने क्रममा छन्। 

‘वकिलहरू आउने क्रम सुरू भएको छ, केहीबेर छलफलपछि सुरू हुन्‍छ,’ उनले भने।

वकिलहरू आउनेक्रम जारी नै रहेको हुँदा कति जना वकिलहरूले बहस गर्ने भन्ने टुंगो लागिसकेको छैन।

सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणको मुद्दा हेर्न ८ जनाको टोली बनाएको थियो। 

जिल्ला न्यायाधिवक्ता महेश थापा, जनकप्रसाद घिमिरे, सीताराम अर्याल, सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश घिमिरे, हिरालाल भोलन, सूरबहादुर परियार र दिनेश भट्टराईले बहस गर्नसक्ने सम्भावना छ। 

यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्।

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, उनका स्वकीय सचिव नरेन्द्र केसी, सुरक्षाविज्ञ ईन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, शरणार्थी नेता टेकनाथ रिजाल, हज समिति अध्यक्ष शमशेर मियाँ, पूर्वगृहसचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्दकुमार चौधरी, लक्ष्मी महर्जन र हरिभक्त महर्जनलाई पक्राउ गरिसकेको छ।

उनीहरू सबैको गत शुक्रबार बयान लिन सकाएको थियो। बयान सकेसँगै आजबाट थुनछेक बहस हुन लागेको हो। 

सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो। १२ जना अझै फरार छन्। 

फरार हुनेमा काठमाडौंका ३० वर्षका केशव तुलाधर, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं, ईन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक छन्।

प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले गत जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरेको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर