नेभिगेसन मेनु

ह्वासिन सिमेन्टमा चिनियाँ चिकित्सा टोलिद्वारा निशुल्क शिविर
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2023-05-23 20:49

IMG_9864

कर्मचारीहरु सङ्ग सामुहिक तस्बिर खिचाउदै १४औं चिकित्सा टोली। तस्बिर विशाल श्रेष्ठ/एस ए टि भि

मगंलबार चिनियाँ चिकित्सा टोलिद्वारा धादिङको ताल्ती स्थित ह्वासिन सिमेन्ट क.प्रा.लि.मा कार्यरत नेपालभरका सेल्सम्यान र कार्यालयका कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिएको छ।

IMG_9873

चिनियाँ चिकित्सा टोलिद्वारा प्रसासकिय अधिकृत स्याङ छाङहोङलाई समर्थन स्वरुप मायाको चिनो हस्तान्तरण गरिदै। तस्बिर विशाल श्रेष्ठ/एस ए टि भि

ह्वासिनका मजदुर, कर्मचारी र स्थानियको बिशेष स्वास्थ्य परिक्षण गर्न चिकित्सक टोलि उपस्थित भएका हुन। प्रसासकिय अधिकृत स्याङ छाङहोङका अनुसार सिमेन्ट उत्पादन कम्पनीमा करिब २५० जना मजदुर र कर्मचारी रहेका छन। उनीहरुको नाक, कान, घाँटी, मुख, पेट, रगत, पिसाबथैली, हृदय लगायत शरीरका सम्पुर्ण आवश्यक भित्री-बाहिरी परिक्षण गरिएको हो। ह्वासिन सिमेन्टमा महिला कर्मचारी पनि छन् । महिलाहरुको हकमा भने चिनियाँ बिशेषज्ञ डाक्टरबाट स्त्रीरोगको पनि परिक्षण गरिएको थियो र रोग देखा परेकाहरुलाइ निशुल्क औषधी समेत बितरण गरियो।

अर्थपूर्ण त्रुटि भएता पनि चिनियाँ डाक्टरहरुले परिक्षणका क्रममा मोबाइल स्क्रिनको सहयाताले अनुबाद गर्दै स्वास्थ सम्बन्धी प्रस्न गरि उपचार गरिएको हो। कतिपय अवस्थामा अनुवादकले डाक्टर र मजदुर–कर्मचारीका कुरा एकअर्कालाई बुझाउने काम गरिरहेको थिए । 

IMG_9786

"कार्य वेस्तताका कारण रेगुलर चेक अप गर्न नभ्याएको बेला ह्वासिन कम्पनिले नै यति गुणस्तरीय स्तरको स्वास्थ शिविर आयोजना गरि कर्मचारीको स्वास्थ प्रती देखाएको चिन्ताले निकै हर्षित भएको छु", ह्वासिन कम्पनीमा कार्यरत रोमि महर्जनले बताउनु भयो । 

IMG_9796

त्यसै गरि "ह्वासिन कम्पनी र चीनियाँ चिकित्सा टोलिले प्रदान गर्नु भएको निशुल्क स्वास्थ शिविर सेवा प्रती आभार व्यक्त गर्न चाहन्छु", राम कुमार सेढाईले एस ए टि भिसङ्ग भन्नु भयो ।

IMG_9798

"आफ्नो भित्री स्वास्थ बारे सामन्य ज्ञान् पनि नभएको कर्मचारीहरुलाइ स्वास्थ शिविरद्वारा निशुल्क उपचार दिनुभएकोमा म चिनियाँ चिकित्सा टोलीलाई हृदय देखी धन्यवाद दिन चाहन्छु। थप, ह्वासिन सिमेन्टले बर्सेनि शिविर आयोजना गरि कर्मचारी हरुलाइ सुबिधा प्रदान गर्दै आएको हुदा हामी कर्मचारीहरुले पनि निर्धक्क भइ आफ्नो कार्यमा पुर्ण एकाग्रता जनाउन पाउदछौँ", रोमि बस्नेतले बताउनु भयो।

कम्पनीमै निःशुल्क शिविर हुँदा कर्मचारीहरु लाभान्वित भएका हुन्। स्थिर गुणस्तरीय उत्पादनलाई आफ्नो मुख्य उद्देश्य राखेको प्रा.लि.ले स्वास्थ्य, सरसफाइ, शुध्दता र सुरक्षामा विशेष ध्यान दिँदै आएको छ। ह्वासिनमा प्रत्येक वर्ष यसरी नै चाइना मेडिकल टिमबाट मजदुर, कर्मचारीहरुको स्वास्थ्य परीक्षण गर्ने गरिएको कम्पनीले जनाएको छ ।

चीन सरकारले सन् १९९९ देखि वर्षैनी चिकित्सकहरुको टोली नेपाल पठाउदै आएको छ। चीनबाट नेपाल आएको यो १४ औं चिकित्सा टोली हो । यस टोलीले पछिल्ले एक वर्ष नेपालको विभिन्न ठाउँहरुमा निशुल्क स्वास्थ शिविर सन्चालन गर्दै आएको छ।

फोटो फिचर्स

IMG_9681

IMG_9694

IMG_9697

IMG_9699

IMG_9701

IMG_9715

IMG_9766

 


#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर