कार्यक्रम पश्चात् बिद्यार्थीहरु सङ्ग सामुहिक तस्बिर खिचाउनु हुदै उपस्थित अतिथिजन ।तस्बिर-विशाल श्रेष्ठ/एस ए टि भि
चाइना फाउन्डेसन फोर रुरल डेभलपमेन्ट(सि एफ आर डि)नेपालले १६औं गणतन्त्र दिवसको अवसरमा नेपालमा चीनको पहिलो ग्रामीण दिगो विकास गाउँ प्रदर्शनको शुभारम्भ समारोहको आयोजना गरेको छ। काठमाडौँको तार्केस्वर स्थित काभ्रेस्थली मा.वि. मा कार्यक्रमको आयोजना गरिएको हो।
कृषि उत्पादन वृद्धि तथा आएआर्जन तालिम केन्द्रको निरीक्षण गर्नु हुँदै महामहिम छन सोङ र सि आर एफ डि टोली ।तस्बिर-विशाल श्रेष्ठ/एस ए टि भि
जनवादी गणतन्त्र चिनको नेपालका लागी चिनियाँ राजदुत महामहिम छन सोङको विशिस्ट अथित्यमा आयोजना गरिएको समारोहमा तार्केस्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जन, प्रवक्ता राधा कृष्ण खड्गी, सि एफ आर डिका महासचिव छन होङ थाओ, चाइनाका लागी नेपालका पुर्व राजदुत लिलामणि पौडेल, पुर्व रक्षा मन्त्री भिमसेन दास प्रधान, काठमाडौँ महानगरका प्रवक्ता नवीन महर्जन लगायत अन्य विशिष्ट ब्याक्तित्वको गरिमामय उपस्थिति रहेको थियो।
मन्तव्यमा बोल्नु हुँदै जनवादी गणतन्त्र चिनको नेपालका लागी चिनियाँ राजदुत छन सोङ ।तस्बिर-विशाल श्रेष्ठ/एस ए टि भि
कार्यक्रममा मन्तव्य पेश गर्नु हुँदै महामहिम छन सोङले भन्नू भयो "गरिबी मानवजातिको साझा शत्रु हो र विकास गरिबीसँग सम्बन्धित सबै समस्या समाधान गर्ने कुञ्जी हो। सि एफ आर डि भिलेज प्रदर्शन गरिबी उन्मूलनको क्षेत्रमा चीन-नेपाल सहयोगको नयाँ सुरुवात बिन्दु हो। मलाई विश्वास छ कि स्थानीय जनताको कडा परिश्रम,सि एफ आर डि र चिनियाँ सरकारको सहयोगमा यो परियोजना सफल र नेपालको ग्रामीण विकासको नमुना बन्नेछ ।”
तार्केस्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जन ।तस्बिर-विशाल श्रेष्ठ/एस ए टि भि
"सि आर एफ डिका चउ च्री छ्याङ लाई उनको विशेष भूमिकाले गर्दा चिन फाउन्डेसनले समय सापेक्षको काभ्रे स्थल नम्बर २ मा ३०० घर धुरीलाई २ करोड बराबरको खानेपानी वितरण योजना मात्र नभएर मुहान बाटनै पानी खुवाउने पहलबाट हामी अगाडि बढ्न सफल भएका छौ। हाम्रो घरका दायरा बढाउने, करमा न्यूनीकरण गर्ने , सामुदायीक विद्यालयप्रतिको बिग्रेको दृष्टिकोण बदल्नलाई तारकेशोर नगरपालिकाले एक करोड तिस लााख बजेट छुट्टाएको थियो। हाम्रो टिम आएपछि लगानी आठ करोड छयासि लाख मा बडाईयो र सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरको लागि कार्य गर्न थालियो। सि आर एफ डिले गरेको यो पहलले विद्यालयमा उपस्थितिको संख्या बढेको छ।” तार्केस्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जनले बताउनु भयो।
चाइनाका लागी नेपालका पुर्व राजदुत लिलामणि पौडेल ।तस्बिर-विशाल श्रेष्ठ/एस ए टि भि
चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टलाई निरन्तर आर्थिक र सामाजिक सहयोगको लागी धन्यवाद दिनुहुदै चिनका लागी नेपालका पुर्व राजदुत लीलामणि पौडेलज्युले चिनको बिकास हाम्रो लागी खतरा नभई अवसर हो भन्ने प्रष्ट पार्नु भएको छ। नेपालको हरेक सुख दुखमा साथ दिन तत्पर तयार रहने छिमेकी राष्ट्र चिनलाइ सहज गाराउन हामीले पनि हाम्रो मुलुकमा चिनियाँ जनस्थरको सम्बन्ध प्रवर्द्धनमा जोड दिनु पर्ने पौडेलले बताउनु भयो। साथै मित्र राष्ट्र बिरोधि कुनै पनि गतिविधि नगर्न सबै नागरिकलाइ सचेत गराउनु भएको छ।
फोटो फिचर्स