नेभिगेसन मेनु

बजेट २०८०/८१ का केहि हाइलाइटहरू
सम्पादक:南亚网络电视
लेखक:बिशाल श्रेष्ठ
समय:2023-06-03 17:46

maxresdefault (3)

सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागी बजेट तयार गरेको छ। गत सोमबार गणतन्त्र दिवसको दिन अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि संसद भवनमा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैया बराबरको बजेट बिनियोजन गर्नु भएको हो।

सार्वजनिक बजेटमा बिनियोजन तर्फ चालु खर्छ ११ खर्ब ४१ अर्ब ७८ करोड  (६५.२०%) , पुँजिगत खर्छ ३ खर्ब २ अर्ब ७ करोड (१७.२५%), वित्तीय व्यवस्था ३ खर्ब ७ अर्ब ४५ करोड (१७.५५%) समाबेश गरिएको छ भने श्रोत तर्फ राजस्व बाट १२ खर्ब ४८ अर्ब ६२ करोड, बैदेशिक अनुदान बाट ४९ अर्ब ९४ करोड, बैदेशिक ऋण बाट २ खर्ब १२ अर्ब ७५ करोड र आन्तरिक ऋण बाट २ खर्ब ४० अर्ब देखाइएको छ।

यो चालू आर्थिक वर्ष २०८९/८० को बजेटको तुलनामा कम रहेको छ। यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यनयन गरिरहेको छ। खुम्चिएको बजेटमा यो वर्ष ६% ले आर्थिक वृद्धि हुने अपेक्षा साथै मूल्य वृद्धिलाई ६.५ % मा सिमित राख्ने लक्ष्य राखिएको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेटका उद्देश्य देहाय बमोजिम रहेका छन्ः

क. अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने,

ख. गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने,

ग. लगानी मैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोवल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने,

घ. समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने,

ङ. संघीयताको सवलीकरण र सुशासन कायम गर्ने,

च. बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने ।

बजेटका प्राथमिकताहरू निम्नअनुसार रहेका छन्ः

क. कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास,

ख. लगानी प्रवर्द्धन, औद्योगिक विकास र व्यापार सन्तुलन,

ग. सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा,

घ. गुणस्तरीय भौतिक पूर्वाधार निर्माण,

ङ. डिजिटल र हरित अर्थतन्त्रको प्रवर्द्धन,

च. वातावरण संरक्षण, जलवायु परिवर्तन र विपद व्यवस्थापन,

छ. मानव संसाधन विकास र रोजगारी सिर्जना,

ज. वित्तीय क्षेत्र सुधार,

झ. वित्तीय संघीयताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार,

ञ. सार्वजनिक वित्त प्रणालीमा सुधार ।

बजेटका अरु विशेष बुदाहरु देहाय बमोजिम रहेका छन्ः

क. आगामी आर्थिक वर्ष ८०/८१ मा जम्मा ११ खर्ब ७९ अर्ब राजस्व संकलन हुने आकलन गरिएको छ ।

ख. एक सय रुपैयाले कम्पनी खोल्न र दर्ता गर्न पाइने भएको छ भने स्टार्टअप प्रवर्द्धनका लागी १ अर्ब २५ करेड विनियोजन गरिने निर्णय भएको छ।

ग. चालू आर्थिक वर्ष २०८९/८० मा ८% को आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको भएता पनि सरकारले यस्लाइ  संशोधन गर्दै २.१६ प्रतिशत मात्रै वृद्धिको प्रक्षेपण गरिएको छ।

घ. औशधिजन्य प्रयोजनका लागि गाँजा खेतिको सम्भाव्यता अध्ययन गरिने बताइएको छ।

ङ. प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बिनियोजन गरिएको छ।

च. पुर्वपश्चिम राजमार्गको स्थर उन्नती गर्दै ४ लेनमा बिस्तार गर्नका निमित्त ३१ अर्ब २ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको अर्थमन्त्री महतले जानकारी गराउनु भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर