नेभिगेसन मेनु

नेपालमा आज राति 'पेनम्ब्रल' चन्द्र ग्रहण लाग्‍ने
सम्पादक:南亚网络电视
समय:2023-05-05 13:36

thumb

नेपालमा आज लाग्ने पेनम्ब्रल(विरल छाया) चन्द्र ग्रहण लाग्ने छ । पेनम्ब्रल चन्द्रग्रहण शुक्रबार राति ८ बजेर ५९ मिनेटमा सुरू भइ ११:०७ बजे मध्य हुँदै शनिबार बिहान १ बजेर १६ मिनेटमा सकिने छ । यो चन्द्रग्रहण खग्रास (पूरै ढाकिने) वा खण्डग्रास (केही भाग ढाकिने) नभएर बिरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्र ग्रहण हो।

वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यस सम्बन्धी धार्मिक/सांस्कृतिक मान्यताहरू लागू हुँदैनन्।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो । यस्तो छाया दुई प्रकारका हुन्छन्: सघन छाया र वि रल छाया । यदि चन्द्रमा पृथ्वीको सघन छायामा परे खग्रास वा खण्डग्रास चन्द्र ग्रहण हुन्छ भने विरल छायामा पर्दा पेनम्ब्रल चन्द्र ग्रहण हुन्छ। यो ग्रहण नांगो आँखाले खासै छुट्याउन नसकिने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा भित्तेपात्रोहरूमा यसको चर्चा नहुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

'यो ग्रहणको बेला तस्बिर खिचेर केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायको लागि यसको ठूलो महत्त्व छ,' उनले भने ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर