नेभिगेसन मेनु

राइड सेयरिङ बढ्दै, कानुन अझै बनेन
सम्पादक:南亚网络电视
समय:2023-05-03 13:03

thumb (3)

पछिल्लो समय पठाओ, सहारा, जायरजस्ता २५ भन्दा बढी राइड सेयरिङ एप बजारमा उपलब्ध छन् । केही राइड सेयरिङ एप भने कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई सञ्चालनमा छन्, कतिपय भने दर्ताबिनै चलिरहेका छन् । 

सरकारले कानुन नबनाउँदा यस्ता राइड सेयरिङ संस्था करको दायराभन्दा बाहिर नै छन् । ‘इनड्राइभ’ राइड सेयरिङ एपले सेवा दिइरहे पनि हालसम्म विदेशी लगानीसमेत स्वीकृत भएको छैन ।

महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदनले पनि राइड सेयरिङ नियमन र अनौपचारिक रूपमा भइरहेको कारोबारबारे औंल्याएको छ । सवारी तथा यातायात व्यवस्थापन ऐन, ०४९ मा यातायात सेवाको नाम विभागमा पञ्जीकृत नगरी सार्वजनिक यातायात सेवा सञ्चालन गर्न नपाइने र एक प्रयोजनका लागि दर्ता भएको सवारीसाधन अन्य प्रयोजनमा प्रयोग गर्न नहुने व्यवस्था छ ।

नेपालमा हाल ग्लोबल पोजिसनिङ सिस्टम तथा डिजिटल प्लेटफर्म उपयोग गरी सञ्चालन भइरहेका २५ राइड सेयरिङ कम्पनीमध्ये इनड्राइभर नामक एप्लिेकसन विभागमा दर्ता नभएको प्रतिवेदनमा उल्लेख छ । ‘दैनिक २९ हजार ६ सयसम्म राइडसहित सञ्चालनमा रहेको उक्त एप्लिकेसनबाट हुने औसतमा वार्षिक २ अर्ब ११ करोड ५५ लाख बराबरको कारोबार अनौपचारिक तवरले सञ्चालनमा छ,’ प्रतिवेदनमा भनिएको छ ।

एप्लिकेसन कानुनी दायरामा नआएको, निजी प्रयोजनका निम्ति दर्ता भएका सवारीसाधनले कानुनविपरीत भाडा लिई यात्रु तथा सामग्री ओसारपसार गरेको, असुरक्षित अफलाइन राइड सेयरिङ हुने गरेको र सेवा लिएपछि बिल जारी हुने व्यवस्थासमेत नभएको महालेखाले भनेको छ । कानुन पालनामा कमी रहेको विद्यमान अवस्थामा उच्च अदालत पाटनले कानुन बनाएर नियमन गर्न ०७६ माघ २९ मा आदेश दिए पनि कार्यान्वयन नभएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले राइड सेयरिङ नियमन र इनड्राइभरको अनौपचारिक कारोबारबारे औंल्याए पनि यो आफ्नो कार्यक्षेत्रभित्र नपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । सवारी तथा यातायात व्यवस्थापन ऐन ०७६ को मस्यौदा तयार गरी चार वर्षअघि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाइसकेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए । ‘राइड सेयरिङसम्बन्धी समस्यालाई पनि समेट्ने गरी संघीय सवारी तथा यातायात व्यवस्थापन ऐनको मस्यौदा बनाएर मन्त्रालयमा बुझाइसकेका छौं,’ उनले भने, ‘उक्त मस्यौदा अहिलेसम्म स्वीकृत भएको छैन । महालेखाले औंल्याएको इनड्राइभरको समस्या प्रदेशको यातायात मन्त्रालयले हेर्ने हो ।’

वाग्मतीको प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन, ०७८ दफा १३ को उपदफा १ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारी गैरव्यावसायिक हुन् । सोही दफाको उपदफा २ मा गैरव्यावसायिक सवारीलाई व्यावसायिक रूपमा यातायात सेवाका लागि प्रयोग गर्न नपाइनेसमेत उल्लेख छ । उपदफा ३ मा गैरव्यावसायिक सवारी पहिचानका लागि उक्त सवारीको अगाडि तथा पछाडि रातो प्लेटमा सेतो अक्षर र अंकमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने उल्लेख छ ।

उपदफा २ मा जुनसुकै कुरा लेखिएको भए पनि निजी प्रयोजनका लागि प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी आफ्नो मार्गमा तोकिएको भाडा लिएर यात्री बिमा गरी यात्री ओसारपसार गर्न सकिने ऐनको उपदफा ४ मा उल्लेख छ । प्रदेश आर्थिक ऐन ०७९ मा वाग्मतीभित्र विद्युतीय सूचना प्रणालीबाट सञ्चालित राइड सेयरिङ एपमा निजी नम्बरका सवारीसाधन भाडा लिने प्रयोजनमा प्रयोग गरी सेवा दिने संस्थाले तोकिएको दस्तुर सम्बन्धित यातायात व्यवस्था कार्यालयमा बुझाई अनुमति लिई सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

राइड सेयरिङ कम्पनीको नियमन गर्ने र तिनलाई करको दायरामा ल्याउन कार्यविधि बनाइरहेको वाग्मती प्रदेशका यातायात मन्त्रालयअन्तर्गत यातायात शाखाका खगेन्द्र पौडेलले बताए । ‘मन्त्रालयमा भर्खरै नयाँ टिम आएको छ, हामीले कार्यविधिको मस्यौदा बनाउँदै छौं,’ उनले भने, ‘मस्यौदा बनिसकेपछि सरोकारवालासँग छलफल गरेर मात्रै कार्यान्वयनमा अघि बढाउँछौं ।’

राइड सेयरिङ एप इनड्राइभले सन् २०१९ देखि नै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐनबमोजिम नेपालमा कानुनी संस्था दर्ता गराउने प्रक्रियामा रहेको दाबी गरेको थियो । ‘हामीले १७.१०.२०२२ (३१ असोज २०७९) मा आवश्यक विदेशी लगानी आवेदन उद्योग विभागमा बुझाएका छौं । यद्यपि संस्था दर्ता प्रक्रियाले बढी समय लिइरहेको छ,’ गत पुसमा प्रेस विज्ञप्तिमार्फत इनड्राइभकी दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले भनेकी थिइन् ।

नेपालबाट कुनै आम्दानी र नाफा कमाउनुको साटो इनड्राइभले स्थानीय ड्राइभरका लागि थप आम्दानीका अवसर सिर्जना गरेको दाबी गरेकी थिइन् । विदेशी लगानी रहेको राइड सेयरिङ एप ‘इनड्राइभर’ एप नेपालमा सञ्चालन भइरहे पनि दर्ता भएको छैन । नेपालमा आफ्नो कार्यालय र सम्पर्क व्यक्तिसमेत नभएको ‘इनड्राइभर’ को मोबाइल एप्लिकेसन मात्र सञ्चालनमा छ । ‘इनड्राइभर’ मा दुर्घटना बिमाको व्यवस्थासमेत छैन । न त राइडरलाई तालिम दिने र प्रयोगकर्ताले गुनासो गर्न सक्ने ठाउँ नै छ ।

विभागले आइतबार सरोकारवाला निकायसँग छलफल गरी लगानी स्वीकृत गरिने उद्योग विभागको विदेशी लगानी शाखाका प्रमुख शंखरसिंह धामीले बताए । इनड्राइभर जस्तै बोल्ट राइड सेयरिङ पनि नेपालमा आइसकेको छ । युरोपको प्रसिद्ध राइड सेयरिङ कम्पनी बोल्ट ५० भन्दा बढी देश र ५ सयभन्दा बढी सहरमा रहेको स्थानीय मार्केटिङ एवम् व्यवस्थापन हेरिरहेको जी सफ्ट टेक्नोलोजीका सञ्चालक शेरबहादुर शाहको दाबी छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर