नेभिगेसन मेनु

भन्सार छलेर भित्र्याइँदै अवैध मकै
सम्पादक:南亚网络电视
समय:2023-04-26 13:10

makai

वैशाख १३ गते । झापाको दक्षिणी सिमावर्ती गाउँपालिकाहरुमा भारतबाट अवैध रुपमा मकै आउने गरेको पाइएको छ । भारतबाट सवारी साधनमा हालेर नै अवैध रुपमा मकै ल्याउने गरेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरीगञ्ज गाँउपालिका वडा नं. २ स्थित आँपगाछीमा प्रहरीले एक ट्याक्टर मकै नियण्त्रणमा लिएको छ । भारतबाट अवैध रुपमा ल्याइएको मकैसहित मे १ त ७११० नम्बरको ट्याक्टर नियण्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।

ट्याक्टरमा हालेर भारतबाट ल्याइएको ८८ बोरा मकैसहित ट्याक्टर इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले मङ्गलबार विहान ७ बजे नियन्त्रणमा लिएको पनि रिजालले जानकारी दिनुभएको छ ।

भन्सार छलेर ल्याइएको मकैसहित ट्याक्टरलाई प्रहरीले मेची भन्सार कार्यालय काकडभिट्टा बुझाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर