नेभिगेसन मेनु

चिया निर्यातमा भइरहेको समस्या समाधानका लागि पहल आवश्यक
सम्पादक:南亚网络电视
समय:2023-04-09 16:27

1

दमक, चैत २६ गते । नेपाली चिया निर्यातमा व्यहोर्नु परिरहेको समस्या र ती समस्या समाधानका लागि सरोकारवाला निकायहरुले समन्वय गर्ने बताएकाछन् । भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका पहलमा मेची भन्सार कार्यालय मेचीमा आयोजना भएको सरोकारवालाहरुको छलफलमा यस्तो बताइएको हो ।

चिया किसान तथा ब्यवसायीहरुले सीमा क्षेत्रमा गुणस्तर जाँच गर्ने प्रयोगशाला नहुनु, परीक्षणका लागि चियाको नमूना कोलकाता पठाउनुपर्ने बाध्यता रहेको र त्यसको रिपार्ट आउन ढिलाइ हुने गरेको, भारतले नयाँ–नयाँ बहाना झिकेर निर्यात रोक्ने प्रयास बारम्बार गर्ने गरेको गुनासो गरेका थिए ।

यहाँ उत्पादन भएको नेपाली चिया निर्यात रोक्न भारतमा विभिन्न बहाना खोजिनु गरेको भन्दै झापा र इलामका चिया उद्योगी तथा व्यवसायीहरुले यस विषयमा सबैलाई गम्भीर हुन आग्रह पनि गरेका छन् । महावाणिज्य दूत ईश्वरीराज पौडेलले समस्याको दीर्घकालिन सामधानका लागि आफुले प्रयास गर्ने बताउनुभएको छ ।

नेपाली चिया निर्यातको समस्याका विषयमा दुबै देशका सरोकारवालाहरुसँग कुरा राख्नेछु, उहाँले भन्नुभयो । समस्याको अल्पकालिनभन्दा दीर्घकालीन समाधानको उपाय खोज्नुपर्ने देखिन्छ, पौडेलको भनाइ थियो । आफूलाई चिया क्षेत्रको समस्याको विषयमा जानकार रहेको बताउँदै आवश्यक सहजीकरणका लागि आफू सधैं नै लागिपर्ने पनि पौडेलले प्रतिबद्धता जनाउनुभयो ।

चिया उत्पादक तथा व्यवसायीहरुको तर्फबाट सङ्घका अध्यक्ष सुरेशकुमार मित्तल, सङ्घका उपाध्यक्ष एवम् नेपाल चिया तथा कफी विकास बोर्डका सदस्य आदित्य पराजुली, व्यवसायी किसन सरिया, इलाम फिक्कलका उत्तम श्रेष्ठलगायतले चिया निर्यातका समस्याका बारेमा आफ्नो भनाइ राख्दै चियाको निर्यातलाई झन्झटिलो नबनाउने किसिमको ब्यवस्था गर्नका लागि माग गर्नुभएको थियो ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, मेची भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकलगायतले चिया क्षेत्रको समस्या समाधानका लागि दुबै देशको सरकारबीच उच्चस्तरीय छलफल आवश्यक रहेको आफूहरुले अनुभूत गरेको बताउँदै आफ्नो तर्फबाट यसका लागि गर्न सक्ने पहल गर्न बताउनुभयो । 

नेपालाबट वार्षिक तीन अर्ब रुपियाँँभन्दा बढीको तयारी चिया निर्यात हुने गरेको मेची भन्सार कार्यालयले जनाएको छ । यसमा सबैभन्दा बढी चिया भारतमा निर्यात हुने गरेको पाइन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर