नेभिगेसन मेनु

वास्तविक किसानले अनुदान पाउने
सम्पादक:南亚网络电视
समय:2023-04-08 14:22

Untitled-1

कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले वास्तविक किसानले राहत र अनुदान पाउने बताउनुभएको छ ।

नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्रले शुक्रबार आयोजना गरेको अनुदान वितरण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उद्योग, कृषि तथा सहकारी मन्त्रालय तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशबाट प्राप्त दुग्ध कृषकहरूलाई उत्पादनका आधारमा अनुदान वितरण गरिएको थियो । 

कृषिमा आत्मनिर्भर गर्नका लागि धान, गहुँ, मकै, कोदो, जौ, फापरसहित पशुपालनमा गाईभैँसी, बङ्गुर, बाख्रा, भेडापालनलाई व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने मन्त्री सिटौलाले बताउनुभयो । कागज मिलाएर, दोहोरो लाभ लिने, पटकपटक अनुदान खान पल्केका, पार्टीका कार्यकर्ता पालन गर्ने गरी कृषि अनुदान पूर्ण रूपमा निषेध गरिएको उहाँले उल्लेख गर्नुभयो । वास्तविक किसानलाई राहत र अनुदान पाउने वातावरणमा मन्त्रालय जुटेको उहाँले बताउनुभयो । प्रदेश सभा सदस्य रामप्रसाद मेहताले किसानका लागि नियमित मलको व्यवस्था सरकारले गर्नुपर्ने, सिँचाइका लागि कोशीमा पानी फर्काउने बाँधको व्यवस्था गर्नुपर्ने बताउनुभयो । प्रदेश कृषि सचिव मेघनाथ तिमिल्सिनाले अनुदानका लागि मात्रै नभई कृषिमा इमानदारीपूर्वक लाग्न र उत्पादन बढाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । 

इनरुवाका नगरप्रमुख केदार भण्डारीले सङ्घीय र प्रदेश सरकारले कृषि अनुदान दिँदा वास्तविक किसानलाई लाभ पुग्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । इनरुवाका किसान जमुना पोखरेलले राजनीतिक दलहरूले किसानलाई उपेक्षामा पारेको गुनासो गर्नुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर