नेभिगेसन मेनु

तीन करोडको बसपार्क प्रयोगविहीन
सम्पादक:南亚网络电视
समय:2023-02-07 12:54

无标题

ओखलढुङ्गा, माघ २४ गते । सिद्धिचरण नगरपालिका–११, रमाइलोडाँडा जिरोप्वाइन्ट नजिकै तीन करोड बढी लागतमा बसपार्क निर्माण गरिएको छ। बस, ट्रक तथा अन्य साना ठूला सवारीसाधनलाई राख्न मिल्ने गरी बसपार्कको निर्माण गरिएको छ तर अहिले उक्त बसपार्क प्रयोगविहीन अवस्थामा छ। 

२०७१ सालमा सहरी विकास मन्त्रालयमार्फत दुई करोडभन्दा बढी रकम बसपार्क निर्माणका लागि प्राप्त भएको तत्कालीन नगर विकास समितिका संयोजक तथा सिद्धिचरण नगरपालिका–११ का निवर्तमान वडाध्यक्ष विनोद केसीले बताउनुभयो। त्यसपछि बसपार्क जाने सडक, ढल र बसपार्क निर्माणका लागि विभिन्न समयमा करिब तीन करोडभन्दा बढी बजेट खर्च भएको केसीको भनाइ छ। १० वर्षअघि बसपार्क निर्माण गर्न पाँच करोड लाग्ने डीपीआर बनाइएको थियो। 

करिब १० वर्षमा तीन करोड बढी लागतमा निर्माण गरिएको बसपार्क अहिले प्रयोगविहीन छ। सवारीसाधनलाई बसपार्कमा भन्दा रमाइलोडाँडा र गोरुमारे भन्ज्याङको सडक किनारमा पार्क गर्ने गरिन्छ। बाटो अवरुद्ध हुने गरी गाडीहरू सडक किनारमा पार्क गर्दा अन्य सवारीसाधन साथै बटुवालाई बाटो हिँड्न असहज भएको गुनासो बढ्न थालेको छ। 

सिद्धिचरण नगरपालिकाका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायलगायत सरोकारवालाको संयुक्त बैठक बसेर निर्माण सम्पन्न भएको बसपार्कमा सवारी पार्किङ गर्न निर्देशन दिइए पनि सवारीचालक तथा धनीले अटेर गरेको सिद्धिचरण नगरपालिका–११ का नीरकुमार गिरीले बताउनुभयो। 

‘‘करिब दुई महिनाअघि ट्रक पार्क गर्न ब्याक गर्दा ठक्कर लागेर बटुवा फुरी शेर्पाको ज्यान गयो,” गिरीले भन्नुभयो। ‘‘अहिले पनि बस, ट्रक तथा अन्य सवारीसाधन सडक किनारमा पार्क गर्न छोडिएको छैन।” सडक किनारमै भएको सवारी पार्किङले बटुवा साथै स्थानीय सबैलाई असहज भएको होटल व्यवसायी सङ्घका अध्यक्ष थगेन्द्रराज राईले बताउनुभयो। सडक पार्किङले सडक अस्तव्यस्त, अव्यवस्थित हुनुका साथै दुर्घटनाको जोखिम बढाएको राईको भनाइ छ। 

गाडीहरू सडक किनारमा पार्क गर्दा सिद्धिचरण नगरपालिका–११, गोरुमारे भन्ज्याङ क्षेत्रका स्थानियलाई पनि त्यस्तै सास्ती भएको छ। मुख्य सडकमै गाडीहरू राख्दा बिहान बेलुका र विद्यालय समयमा दुर्घटनाको बढी जोखिम हुने गरेको स्थानिय ताराहाङ राईले बताउनुभयो। बिहान बेलुका गाडी छुट्ने र आउने समयमा अझ बढी भीड साथै जोखिम हुने गरेको राईले बताउनुभयो। विद्यालय जाने आउने विद्यार्थीलाई सडक दुर्घटनाको जोखिम भएको राईको भनाइ छ। 

बसपार्कमा सवारी पार्किङका लागि लैजाँदा व्यवसायमा प्रभाव पर्ने भएकाले स्थानिय व्यवसायीका कारण सवारी सडकमै पार्किङ भइरहेको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताउनुभयो। ‘‘बसपार्क रमाइलोडाँडा बजार क्षेत्र भन्दा केही तल गैरामा बनेको छ,” मेयर खनालले भन्नुभयो। ‘‘माथि बजार क्षेत्रका व्यवसायीको कारण बसपार्कमा सवारी पार्किङका लागि नलगिएको भन्ने सुनेका छौँ, चाँडै छलफल गरेर समस्या समाधान गरिने मेयर खनालको भनाइ छ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर