नेभिगेसन मेनु

टाइम कार्डले सीडीओलाई प्रेसर : आफैँ चिया पकाएर सहयोगीलाई फिल्डमा परिचालन !
सम्पादक:南亚网络电视
समय:2023-02-03 17:31

ktm-cdo_952MyivGDn

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘टाइम कार्ड’ लागू भएको एक महिना भएको छ । नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसहित १२ वटा सेवामा जिल्ला प्रशासन कार्यालयले ‘टाइम कार्ड’ दिएर सेवा प्रवाह सुरु गरेको छ । गृह मन्त्रालयले पुस २१ देखि काठमाडौँबाट पाइलट प्रोजेक्टको रूपमा टाइम कार्ड लागू गरेको थियो । 

आवश्यक कागजातसहित जिल्ला प्रशासन पुग्ने सेवाग्राहीले १ घण्टामा नागरिकता पाउनेगरी टाइम कार्ड लागू भएको छ । नाबालक प्रमाणपत्र पाउन १ घण्टा र राष्ट्रिय परिचयपत्रको फोटो खिच्ने काम ३० मिनेटमा पूरा हुन्छ । छापिएर आएको राष्ट्रिय परिचयपत्र पनि ३० मिनेटमा पाउन सकिने बताउँछन् काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट पहिलो चरणमा छापिएर आएका करिब १० हजार परिचयपत्र अहिले काठमाडौँबाट वितरण भइरहेको छ ।

टाइम कार्ड लागू गर्ने योजना अरू जिल्लामा प्रभावकारी हुन सकेको छैन । तराईका ८ जिल्लामा पनि ‘टाइम कार्ड’ लागू गरिएको तर प्रभावकारी भइनसकेको बताउँछन् गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणीन्द्रमणि पोखरेल । सहसचिव पोखरेल भन्छन्– ‘तराईका जिल्लामा पाँँच–सातवटा सेवामा टाइम कार्ड लागू गरिएको छ ।’  देशभर ‘टाइम कार्ड’अनुसार सेवा दिने योजना भए पनि कर्मचारीको अभावका कारण व्यवस्थित नभएको गृह प्रवक्ता पोखरेलले बताए । उनी भन्छन्– ‘कर्मचारीको अभाव छ, कर्मचारीको व्यवस्थापन गरेर सबैतिर अनिवार्य गर्छौं ।’

cdo ktm (1)

काठमाडौँ जिल्ला प्रशासनमा चाहिँ ‘टाइम कार्ड’ प्रभावकारी भएको बताउँछन् काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय । टाइम कार्ड लागू भएसँगै काठमाडौँमा राष्ट्रिय परिचयपत्रका लागि दैनिक तीन सय जनाले फोटो खिचाउन थालेका छन् । यसअघि दैनिक १७५ जनाले मात्र राष्ट्रिय परिचयपत्रको फोटो खिच्न सक्थे ।  अनलाइन फारम भरेको रेकर्ड जाँच गर्दा ‘नम्बरिङ’ गरेर राष्ट्रिय परिचयपत्रको टोकन दिने गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए । उनी भन्छन्– ‘चेक गर्दा अफिसरले गरेको नम्बरिङका आधारमा टोकन दिएर सूचना टाँस्छौँ, अहिले २५ जनाभन्दा धेरैको लाइन बस्नु नपर्ने व्यवस्था गरेका छौँ ।’

जिल्ला प्रशासनले राष्ट्रिय परिचयपत्र बनाउन जानेलाई कागजात लिएपछि आधा घण्टाको फरकमा बोलाउने गरेको छ । ‘२५ जनाभन्दा बढीको लाइन नै बस्नु नपर्ने व्यवस्था गरेका छौँ,’ प्रजिअ उपाध्याय भन्छन्– ‘हिजोका दिनमा बिहान ४ बजेदेखि राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राही लाइनमा बसेको अवस्था थियो, अहिले त्यो अवस्थालाई चिरेका छौँ ।’ 

cdo ktm (2)

‘टाइम कार्ड’को प्रभावकारिताबारे काठमाडौँका पमुख जिल्ला अधिकारी उपाध्यायसँग रातोपाटीकर्मी राजेश भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :

 टाइम कार्ड लागू गर्नुपर्ने अवस्था चाहिँ कसरी आयो ? 

काठमाडौँको जनसङ्ख्या धेरै छ । अन्य जिल्लाका सेवाग्राही पनि यहाँबाट लिने आकाङ्क्षा राख्छन् । काठमाडौँमा सरकारी कार्यालयहरू धेरै हुनाले सरकारी कर्मचारीका परिवारले यहिँबाट सेवा लिन खोज्दा काठमाडौँ जिल्ला प्रशासनमा सेवाग्राहीको ठूलो भीड छ । भीडलाई व्यवस्थापन नगरी नहुने अवस्था दबाबका रूपमा सिर्जना भयो । 

हिजोका दिनमा राष्ट्रिय परिचयपत्रका लागि राति ४ बजेबाट लाइन बसेको अवस्था थियो । जुन विद्यमानतालाई चिर्न जरुरी थियो । नागरिकको अपेक्षाअनुसार प्रभावकारी सेवा दिन हामीले ‘टाइम कार्ड’ लागू गरेका हौँ । हामिले ठूलो परिवर्तन गरेको होइन, सेवा दिने तरिका सुधारेका हौँ । 

cdo ktm (14)

टाइम कार्ड प्रभावकारी छ त ? 

हामीले १२ वटा सेवामा टाइम कार्ड सुरु गरेका थियौँ । टाइम कार्ड लागू भएपछि एक सय जना नागरिकता लिन बिहानै आउँथे भने अब ४ बजे आउँदा पनि नागरिकता बन्छ । सय जना सेवाग्राही १० बजे नै लाइनमा बस्न आए भीड हुन्छ  । तर हामीले १ घण्टामा नागरिकता दिने निर्णय गरेसँगै मानिसहरू ३ बजेपछि  आउन थालेका छन् । त्यसले गर्दा सेवा छरिएको छ । सर्भिस टाइम छरिएपछि भीड घटेको छ ।

प्रजिअले हेर्ने मुद्दाको फैसला गर्न लामो समय लाग्ने गुनासो छ नि ?

सेवाग्रहीको चाप र २०५५ सालको सङ्गठनात्मक संरचनाले सेवा प्रवाहमा कठिनाइ थियो । टाइम कार्डले गर्दा सेवा अनुमानयोग्य भएको छ । अहिले दुई महिनामा मेरो मुद्दाको फैसला आउँछ भन्ने सुनिश्चितता हामीले गरायौँ ।

जिल्ला प्रशासनमा दर्ता भएको मुद्दाको फैसला दुई महिनाभित्र गर्छु । काठमाडौँको प्रजिअको जिम्मेवारी लिएको चार महिनामा आठ सय फैसला गरिसकेँ । धरौटी रकम फिर्ता नहुने गुनासो पनि थियो । फैसला पछि  धरौटी रकम सम्बन्धित प्रतिवादीको खातामा फिर्ता गर्ने व्यवस्था गरेका छौँ । 

टाइम कार्डप्रति तपाईं सन्तुष्ट हुनुुहुन्छ ? 

टाइम कार्डको सन्तुष्टि मापन मैलेभन्दा पनि सेवाग्राहीले मूल्याङ्कन गर्छन् । भीड छैन । सेवाग्राहीलाई यति समयमा काम हुन्छ भन्ने सुनिश्चितता छ । कर्मचारी पनि सन्तुष्ट छन् । हिजोको जस्तो बिहान ४ बजे आएर लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । अहिले मानिसहरू ४ बजे आउँदैनन्, १० बजे आउँछन् । तपाईंहामी सबै सन्तुष्ट छौँ, आखिर ठूलो परिवर्तन केही होइन ।

नागरिकताको अभिलेख व्यवस्थापन पनि गर्दै हुनुहुन्छ ? 

नागरिकता अभिलेख अत्यन्त अव्यवस्थित रहेछ । यहाँका स्थानीय तहका ११ वटै कार्यकारीसँग छलफल गरेँ । पहिलो कुरा त नागरिकताको अभिलेख २०३० सालदेखि बोरामा थियो । इस्टिमेट गर्दा १० हजार ढड्डा बनाउनुपर्ने देखियो । हामीसँग पैसा थिएन । काठमाडौँ जिल्लाका नगरपालिकाका कार्यकारी प्रमुखहरूसँग छलफल गरेर आआफ्ना क्षेत्रमा पर्ने भाग भुक्तानी गरिदिन मैले अनुरोध गरेँ । सबैको सहयोगमा ७ हजार ढड्डा बनिसक्यो । बोरामा राखेको कागजातलाई बुक बनाएर लाइब्रेरी बनाउँदै छु । दोस्रो चरणमा सञ्चार मन्त्रालयसँग समन्वय गरेर डिजिटाइज गराउने योजनामा छु ।

गुनासो सुन्ने समय पनि छुट्याउनुभएको छ हैन ? 

भन्नलाई चाहिँ ३ बजेपछि गुनासो सुन्ने भनेको छु तर सुन्नचाहिँ १० बजेदेखि नै सुन्छु । पत्र लेखेर र फोन गरेर सहजीकरण गर्न सकिन्छ भने किन नगर्ने ? राज्य छ भन्ने अनुभूत गराउँछु । मेरा कर्मचारी बारेका गुनासा र जिल्लाभित्र समस्यामा परेकाहरूको गुनासो मैले अधिकारले भ्याएसम्म सम्बोधन गर्छु । कार्यालयभित्र कर्मचारी आफ्नो काममा भए नभएको र सेवाग्राहीले दुःख पाएको वा नपाएको कुरा दैनिक छड्के अनुगमन गर्छु । 

cdo ktm (16)

गुनासो सुन्ने समय छुट्याएपछि कुनै फरक खालका गुनासा आएका छन् ? 

जिल्ला प्रशासनसँग असम्बन्धित गुनासा पनि आउने गरेका छन् । जस्तै ठगीसँग सम्बन्धित गुनासा अलि धेरै आउँछन् । अर्को कुरा मानिसहरू विस्वस्त भएर आउँछन् । काम ढिलो भयो भनेर आउने गुनासोको रेट चाहिँ घटेको छ । 

रात्रिकालीन व्यवसायीको गुनासो छ, ठूलालाई भन्दा साना व्यापारी र होटल सञ्चालकलाई प्रहरीले दुःख दिन्छ भन्छन् नि ? 

रात्रिकालीनको समय १० बजेसम्म मदिरा पसल, १२ बजेसम्म रेस्टुरेन्ट, २ बजेसम्म दोहोरी र ४ बजेसम्म क्लब खोल्न पाउने भनेर सयम क्लियर गरेका छौँ । तर साना होटल व्यवसायीलाई चाँडो बन्द गराउने गुनासो आएको थियो, मैले हरेक सुरक्षा बैठकमा भन्ने गरेको छु । कुनै ठाउँमा त्यस्तो समस्या भएमा तत्काल समाधान गर्छु । कसैसँग त्यस्ता गुनासो भए म आह्वान गर्छु । 

cdo ktm (6)

‘टाइम कार्ड’ लागू गर्दा ७५ वर्षभन्दा माथिकालाई सहयोगी राख्ने भन्नुभएको छ नि ? 

हो, चिया आफैँ बनाएर खान्छु । चालक र चिया पकाउनेलाई त्यो काममा लगाउँछु । सोच हुनुपर्ने रहेछ, त्यो ठूलो कुरा हैन । भोलि आफू बूढो हुँदा यहाँ ठीक भएन भन्नुभन्दा अहिले थिति बसाएपछि भोलि आफूले पनि त्यो सेवा उपभोग गर्न पाइन्छ । 

पासपोर्ट बनाउने स्टेसन थप  

राहदानी बनाउने आउनेको भीड घटाउन जिल्ला प्रशासनमा एउटा स्टेसन थप गरिएको छ । यसअघि १५० जनाले पासपोर्टको फोटो खिच्ने गरेका थिए ।  यसअघि तीनवटा मात्रै स्टेसन रहेको र अहिले थप गरेर ४ वटा स्टेसनबाट फोटो खिच्न थालिएको प्रजिअ उपाध्यायले बताए । ‘अहिले ३ सय फोटो खिच्ने गरेका छौँ,’ प्रजिअ उपाध्याय भन्छन्– ‘पुरानो पर्खाल भत्काएर ठाउँ बढाएका छौँ ।’ 

एउटा स्टेसन थपरेर दैनिक ५ सय जनालाई जिल्ला प्रशासनबाट पासपोर्टसम्बन्धी सेवा दिने योजना रहेको सीडीओ उपाध्यायको भनाइ छ । 

cdo ktm (8)

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर