नेभिगेसन मेनु

नेपालस्थित चिनियाँ दुतावासले मनायो चिनियाँ नयाँ वर्ष
सम्पादक:南亚网络电视
समय:2023-01-20 02:50

微信图片_20230120005910

काठमाडौं, माघ ५। नेपालस्थित चिनियाँ राजदुतावासको आयोजना चिनियाँ नयाँ वर्ष ‘विरालो वर्ग’ तथा ‘छुन् चे’ पर्वको अवसरमा बिहिबार दरबारमार्गको याक एण्ड यती होटलमा विशेष साँस्कृतिक कार्यक्रम गरि मनाइएको छ। कोरोनाको महामारीपछि नेपालमा रहेको चिनियाँ दुतावासले पहिलो पटक नयाँ वर्ष मनाएको हो। चिनियाँहरूले मञ्जुश्रि पात्रो अनुसार नयाँ वर्ष मनाउने गरेका छन्। चिनियाहरुले २२ जनवरी २०२३ बाट खरायो वर्गलाई नयाँ वर्षको रुपमा मनाउँदैछ। खरायोलाई चिनियाँ संस्कृतिमा दीर्घायु, शान्ति र समृद्धिको प्रतीक मानिन्छ। चिनियाँ संस्कृतिमा, खरायो वर्षलाई सबै बाह्र जनावरहरू मध्ये भाग्यशाली मानिन्छ।

06

कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संवैधानिक निकायका प्रमुख, राजनीतिक दलका नेता, चिनियाँ कुटनीतिक नियोगका अधिकारी र नेपालमा कार्यरत चिनियाँ स्वंयसेवकहरुको बाक्लो उपस्थिति थियो।

IMG_1048

नेपाल र चिन विच भौगोलिक मात्र नभएर सास्कृतिक सम्मबन्ध पनि उत्तिकै गहिरो रहेको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले बताए। नेपालको पहाडी र उच्च हिमाली भेगमा रहेका नेपालीहरुले पनि आ–आफ्ना परम्परा अनुसार हिउँदको बेला यो नयाँ वर्ष मनाउने चलन रहेको उनले बताए। पछिल्ला बर्षहरुमा हामी दुई देशका सम्बन्ध थप प्रगाढ र सुमधुर बन्दै गएको उनले बताए। दुवै देशका राष्ट्र प्रमुखहरुबाट भएका राजकिय र औपचारिक भ्रमणहरुले नेपाल र चिन विचको मित्रता र सहयोगलाई थप उचाईमा पुर्याएको उनले स्मरण गराए। गत सेप्टेम्बर २०२२ मा चिनिया राष्ट्रिय जन काग्रेसका स्थाइ समितका अध्यक्ष लि च्याङ शु ले गरेको नेपाल भ्रमणले समेत दुई मुलुक विच गहिरीदै गएको मित्रता र सहयोगका भावलाई अझै बलियो बनाएको  उनको भनाई थियो। नेपालको विकास तथा पूर्वधार निर्माणमा चिन सरकारले पुर्याएको सहयोग उलेखिनिय रहेको र आगामी दिनहरुमा यो सहयोगलाई थप विस्तार हुने छ भन्ने कुरामा विश्वत छौ। उनले भने, ‘नयाँ चिनिया राजदुतलाई नयाँ वर्षको शुरुवात सँगै आफ्नो कार्यकालको सफलताको शुभकामना दिन चाहन्छु।’

 

IMG_1019

नेपालका चिनियाँ राजदुत छन सोङले नयाँ वर्षको अवसरमा शु–स्वास्थ्य  र सुन्दर भविषयको कामना गर्दै शुभकामना दिएका थिए। २०२१ मा चीनले मध्यम समृद्धि हासिल गरेको र चीनले मानव इतिहासमा गरिबी विरुद्धको सबैभन्दा ठूलो युद्ध जितेको उनले बताए। सोङले राष्ट्रपति सी चिनफिङको नयाँ वर्षको सन्देशलाई उद्धृत गर्दै “ नेपालको शान्ति र समृद्धिको कामना गर्दै चीन र नेपालबीचको मित्रता अडिग रहोस्  दुई देशका सबै क्षेत्रको संयुक्त प्रयासले छिमेकी मुलुक चीन र नेपालबीचको मित्रताले नयाँ उचाइमा पुग्ने छुने  विश्वास छ।’

IMG_0995

कार्यक्रममा चीन र नेपालको कलाकारहरुले विभिन्न आर्कषक साँस्कृतिक नृत्य र संगित प्रस्तुत गरेका थिए। 

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर