नेभिगेसन मेनु

तनहुँ जलविद्युत आयोजनाको दोस्रो प्याकेजको विद्युत गृहबाट पानी छाड्ने ‘टेल रेस’ सुरुङको कंक्रीट निर्माणको समपन्न
सम्पादक:南亚网络电视
समय:2023-01-20 15:19

WeChat Image_20230119231729

काठमाडौं, माघ ६। तनहुँनमा निर्माण भइरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको दोस्रो प्याकेजमा रहेको विद्युत् गृहबाट पानी छोड्ने ‘टेल रेस’ सुरुङको कंक्रीट निर्माणको काम समपन्न भएको छ। दोस्रो प्याकेजमा चिनियाँ कमपनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले जनवरी १८ मा निर्माण समपन्न गरिएको थियो। आयोजनाले कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँ (मूल्य अभिबृद्धि कर बाहेक) मा सम्झौता भएको थियो। दोस्रो प्याकेज अन्तरगर्त कमपनीले विद्युत गृह निर्माण समपन्न भएको छ भने सुरुङ, र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतको काम भइरहेको आयोजनाले जनाएको छ।

अहिले सिभिल भागमा भने ५० प्रतिशत काम सकिएको र इलेक्ट्रोमेकानिकलको झन्डै १५ प्रतिशत काम भएको सिनो हाइड्रो कन्ट्रक नेपाली म्यानेजर सुरेस चित्रकारले बताए। दोस्रो प्याकेजको समग्रत भौतिक प्रगति भने ३५ प्रतिशत काम समपन्न भएको उनले बताए। २०२६ को डिसेम्बरमा सक्नु पर्ने भएता पनि यही गतिमा काम हुदै जाने हो भने २०२५ मा नै यो प्रोजेक्टक सकिने उनको भनाई छ। यो अवस्थामा काम भयो भने तोकिएको समय भन्दा अघि काम सकिन्छ। उनले भने, ‘१ र ३ प्याकेजको चाहि भन्न सकिदैन।’

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ। आयोजनले तनहुँका भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुवानमा पर्ने छन्।  यसका लागि करिव ६० करोड रुपैयाँ मुआब्जा लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ। १४० मिटर अग्लो बाँध व्यास नगरपालिकमा पर्ने छ। आयोजनाको जलशाय बाँधको माथिल्लो तटमा करिव २५ किलोमिटर फैलने छ। ‘शिवपुरको कुनौटेमा भूमिगत विद्युत गृह रहने छ। सेती नदीको दायाँ किनार हुँदै ७.४ मीटर व्यासको १२०३ मीटर सुरुङमार्फत करिव ५ किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत गृहमा पानी पु¥याएर विद्युत उत्पादन गरिने छ।

विद्युत गृहमा ७०÷७० मेगावाटका दुईवटा फ्रान्सिस टर्वाइन रहनेछन्। विद्युत उत्पादनपछि १९० मिटर लामो निकास सुरुङमार्फत पानीलाई पुनः सेती नदीमा खसालिने छ। आयोजनाबाट उत्पादित बिजुली २२० किलोभोल्ट (केभी)को डबल सर्किट प्रसारण लाइनमार्फत नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिनेछ। यसका लागि विद्युत गृहदेखि चितवनको भरतपुरस्थित सव स्टेसनसम्म ३७ किलोमिटर प्रसारण लाइनको निर्माण गरिने छ।

आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ अर्ब ७७ करोड र त्यसपछि ४८ अर्ब ९९ करोड युनिट उत्पादन हुने छ। बढी विजुली माग हुने हिउँदमा आयोजना ६ घण्टा पूर्ण क्षमतामा अर्थात १४० मेगावाटमा सञ्चालन हुने छ। आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) रहेको छ । यसमध्ये एसियाली विकास बैंक (एडीबी) ले १५ करोड अमेरिकी डलर, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख अमेरिकी डलर, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले आठ करोड ५० लाख अमेरिकी डलर र नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

तनहुँ जलविद्युत केन्द्रको निर्माण सम्पन्न भएपछि नेपालको पश्चिमी पहाडी तथा प्रख्यात पर्यटकीय सहर पोखरामा भएको विद्युत आपूर्तिको अभावलाई निकै कम गर्ने आयोजनाले जनाएको छ। आयोजनाले १ हजार ५ सयभन्दा बढी स्थानीयवासीलाई बढी रोजगारी दिएको छ।

चिनियाँ कमपनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले काम गरिरहेको छ। दोस्रो प्याकेज अन्तरगर्त कमपनीले सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतको काम भइरहेको छ।

WeChat Image_20230119231557

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर