नेभिगेसन मेनु

सुनकोशी–३ जलविद्युत आयोजना अघि नबढाउन माझी समुदायको आग्रह
सम्पादक:南亚网络电视
समय:2022-12-22 19:30

sunkoshi-1

काठमाडौं, पुस ७। सुनकोशी–३ जिलविद्युत आयोजवना (६८३) मेगावटको वातावरणीय मुल्याकंन (ईआईए) प्रतिवेदन स्विकृत गरिएको र सो अनुसार आयोजना निमार्ण प्रक्रिया अगाडि बढाएको प्रति रामेछापका माझी समुदायले आपत्ति जनाएका छन्। 

राष्ट्रिय सिमान्तीकरण विरुद्ध अभियान (समान नेपाल)ले बुधबार पत्रकार सम्मेलन गर्दै सो आयोजनाले काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक क्षेत्रका आदीवासी जनजात र माझी समुदाय प्रभावित हुने भन्दै उनीहरुले आपत्ति जनाएका हुन्। राष्ट्रिय सीमान्तिकरण विरुद्ध अभियान, माझी राष्ट्रिय परिषद्, डोने राष्ट्रिय परिषद्, माझी राष्ट्रिय मुक्ति मोर्चा र मझसेवा सिन्धुपाल्चोकले बुधबार एक संयुक्त विज्ञप्ति जारी गरेर सुनकोशी–३ जलविद्युत आयोजना निर्माणको विरोध गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बंगलदेश–नेपालको संयुक्ता लगानीमा बन्न लागेको सो आयोजनाबाट तामाङ, माझी, दनुवार लगायतका मानव समुदायहरु विस्थापित हुने छ। सो आयोजनाबाट ३६०० घरधुरी विस्थापित हुने साथै सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका पाँच—पाँच गाउँपालिका, रामेछाप जिल्लाको दुई गाउँपालीका र सिन्धुली जिल्लाको एक गाउँपालीका प्रत्यक्ष रुपमा प्रभावित हुने देखिन्छ।

अभियानले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘उक्त आयोजनाबाट प्रत्यक्ष रुपमा प्रभावित हुने तामाङ, माझी, डोने दनुवार लगायतका मानव समूहहरु आफंैमा सार्वभौम स्व–देशी राष्ट्रहरु हौं । सार्वभौम स्व–देशी(आदिवासी) राष्ट्रहरु भएको हैसियतले हाम्रो स्वशासन तथा आत्मनिर्णयको अधिकार राजनीतिक रुपले सर्वस्वीकृत विषय हो । तथापि नेपाललगायत विश्वभरिका आधुनिक राष्ट्र–राज्यहरुको राज्य औपनिवेशिकताका कारण राज्य विहिन राष्ट्र बन्नपुगेका जनताहरुको स्वतन्त्रता, समानता र आत्मसम्मान सुनिश्चित गर्ने वाचाहरु उलङ्घन हुँदै आएको छ ।’

आयोजनाले आदिवासी जनताती र माझी समुदायको पुर्खौली थातथलो प्रभावित हुने र संस्कृति लोप हुने माझी राष्ट्रिय परिषदका संयोजक जीवन माझीले बताए। विरोधका बावजुद बलजफती आयोजना अगाडी बढाए त्यसको प्रतिफल राम्रो नहुने उनले बताए। कोसी नदीसँग माझी समुदायकोे जन्मदेखि मृत्युसम्मको सम्बन्ध हुन्छ। त्यसैले माझीहरुको संस्कारलाई जोगाउन सरकारले यहाँ भइरहेको काम तत्काल रोक्नु पर्छ,’ उनले भने, ‘सुनकोसी–३ जलविद्युत आयोजनाले माझी समुदायलाई उठिबास लगाउने र संस्कृति सखाप बनाउने भएकोले हामी यसविरुद्ध उठेका हौँ।’

डोने राष्ट्रिय परिषद्का संयोजक राजन डोनेले आफूहरुलाई विस्थापित गर्ने कार्य कुनै पनि हालतमा स्विकार्य नभएको बताए। उनले आफ्नो समूदायलाई विस्थापित गर्ने राज्यको उद्देश्य सफल हुन नदिने प्रतिबद्धता जनाए । उनले आफ्नो समूदायले अबप्रतिकार आन्दोलन थाल्ने पनि चेतावनी दिए।

उनीहरूले पैतृक थातथलो र संस्कृति जोगाउन भन्दै यसअघि राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन र सुनकोसी–२ जलविद्युत आयोजनाको पनि विरोध गर्दै आएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर