नेभिगेसन मेनु

मृत शरीर सुरक्षित राख्न मिश्रवासी के प्रयोग गर्थे ?
सम्पादक:南亚网络电视
समय:2023-02-13 13:50

death-body2023-02-13-10-21-15

मानिस एवं जनावरका शवलाई मम्मीकरण गर्न बनाइएका भूमिगत मम्मीशालामा रहेका बचेखुचेका अवशेषहरूको अध्ययनबाट वैज्ञानिकहरूले प्राचीन मिश्रवासीले मृत शरीरलाई लामो समय सुरक्षित राख्न के–कस्ता पदार्थ प्रयोग गर्थे भन्नेबारे केही कुरा पत्ता लगाएका छन् । 

हुन त प्राचीन मिश्रवासीले मृत शरीरलाई मम्मी बनाएर सुरक्षित राख्न प्रयोग गर्ने पदार्थहरूको नाम प्राचीन मिश्रीभाषाका लेखोटबाट यसअघि नै थाहा पाएका हुन्, तर पछिल्लो समयसम्म पनि ती नामले ठ्याक्कै कुन यौगिक र रसायनलाई जनाउँछन् भन्नेचाहिँ अनुमानकै विषय थियो । यस सम्बन्धमा प्राचीन मम्मीस्थल साक्काराको उत्खननबाट सन् २०१६मा प्राप्त भाँडावर्तनहरूमा बाँकी रहेका अवशेषको विश्लेषणबाट केही उत्तर प्राप्त भएका छन् । 

साक्काराको भूमिगत मम्मीशालाको उत्खनन गर्दा मृत शरीरलाई लामो समय सुरक्षित राख्न लगाइने विभिन्न पदार्थको लेपन राख्न प्रयोग गरिएका एक सय २१ भाँडावर्तन पाइएका थिए । ती भाँडाहरू अहिलेभन्दा २७ देखि २८ सय वर्षअघिका भएको बताइएको छ । जर्मनी र इजिप्टका वैज्ञानिले यीमध्ये ३१ वटा भाँडाका जैविक अवशेषहरूको अध्ययन गरेर आफ्नो अनुसन्धानलाई प्रख्यात जर्नल नेचरमा बुधबार प्रकाशित गरेका छन् ।

प्राचीन मिश्रवासीले मृत शरीरलाई मम्मीका रूपमा सुरक्षित राख्न के–कस्ता वस्तुको लेप लगाउँथे भन्ने थाहा पाउन अनुसन्धाताले मम्मीशालामा पाइएका २८ सय वर्षअघिका भाँडावर्तनको अध्ययन गरेका छन् 

प्राचीन मिश्रवासीले मृत शरीरलाई सुरक्षित राख्न, दुर्गन्ध कम गर्न, ढुसी, ब्याक्टेरिया र जीवाणुहरूको प्रभावबाट शवलाई जोगाउन प्रयोग गर्ने विभिन्न पदार्थबारे यो अध्ययनले केही कुरा उजागर गरेको छ । पहिचान गरिएका सामग्रीमा जुनिपर (सिरिया र अरबी क्षेत्रमा पाइने मसिनो सेतो फूल फुल्ने एक प्रकारको सदाबहार लहरो), देवदार र साइप्रस (सरु) जस्ता वनस्पति तेलका साथै पेस्तालगायत रुखहरूको चोप, जनावरहरूको बोसो र माहुरीको चाकाबाट तयार मैन आदि छन् । उनीहरूले यी चिज शवलाई मम्मीकरण गर्न प्रयोग गर्ने गरेको पाइएको छ । 

पुरातŒवविद्हरूले शरीरको भिन्न–भिन्न अंग सुरक्षित गर्न भिन्न–भिन्न लेप प्रयोग गर्ने गरेको पत्ता लगाएका हुन् । (उदाहरणका लागि, पेस्ताको चोप र अन्डिरको तेललाई टाउकोमा मात्रै प्रयोग गरिन्थ्यो ।)‘रेजिन (खोटो)हरूबारेको यो ज्ञानले म सम्मोहित भएको छु,’ म्युनिखस्थित लुडविग म्याक्सिमिलन विश्वविद्यालयमा पूर्वी भूमध्यक्षेत्रको प्राक्ऐतिहासिक पुरातŒवका प्राध्यापक रहेका फिलिप स्टकह्यामर भन्छन्, ‘उनीहरूलाई छाला र सूक्ष्म जीवाणुबारे खासै थाहा नहुँदा पनि छालालाई सकेसम्म राम्रो अवस्थामा सुरक्षित राख्न ब्याक्टेरिया प्रतिरोधी, ढुसीनिरोधी कुन पदार्थ कहाँ लगाउनु उपयुक्त हुन्छ भन्ने ज्ञान थियो । यो अथाह ज्ञान उनीहरूले सदियौँको अभ्यासबाट हासिल गरेका थिए ।’

मिश्रवासीले ‘एन्टिउ’ नामले सम्बोधन गरेको र पछि सुगन्ध वा धूपका रूपमा अनुवाद गरिएको पदार्थ खासमा देवदार, अन्डिर र धुपीको तेलका साथै जनावरको बोसोको मिश्रण रहेको पाइयो । जर्मनीस्थित तुविन्गेन विश्वविद्यालयको इजिप्टोजोली विभागका अनुसन्धाता एवं इजिप्टियन कलेक्सनका क्युरेटर सुसानी बेकका अनुसार अहिलेसम्म निकै थोरै मम्मीशाला मात्रै पत्ता लगेकाले साक्कारा क्षेत्रमा पाइएका यी पदार्थको प्रयोगको व्यापकतालाई यकिन गर्न भने कठिन छ । यी मम्मीशालामा प्रयोग भएका सामग्री विभिन्न प्रकारका थिए । तीमध्ये धेरै चिज भूमध्यसागरवरपरका क्षेत्रकै भए पनि केही पदार्थ निकै टाढा पनि ल्याएका थिए । मूलतः दक्षिण एसियामा पाइने डामरको चोप, एलमीको खोटो आदिको पनि अवशेष पाइएका छन् । ती अफ्रिकाको उष्णकटिबन्धीय क्षेत्रबाट ल्याएको हुन सक्ने सम्भावना पनि छ । 

यसले धेरै टाढासम्म वस्तु तथा चिजकोे विनिमय हुन्थ्यो भन्नेतर्फ पनि स्पष्ट संकेत गर्छ । ती वस्तुहरू त्यति टाढाबाट किन ल्याएका थिए भनेर बुझ्न थप अध्ययन आवश्यक भएको अनुसन्धाताहरू बताउँछन् । ‘यी रेजिन(चोप)हरूले लामो दूरीका व्यापार सञ्जालबारे ताजा प्रमाण पेस गर्छन् । साथै यसले मिश्रबासीले यी रेजिनका बारेमा कसरी र कहिले जाने ? शबको मम्मीकरणमा यी पदार्थको उपादेयताबारे कसरी विज्ञता हासिल गरे ? जस्ता थुप्रै प्रश्न खडा गरेको छ,’ अध्ययनको टिप्पणीमा कायरोस्थित अमेरिकन विश्वविद्यालयकी इजोप्टोलोजीकी प्राध्यापक सलिमा इक्राम लेख्छिन् । इक्राम अध्ययनमा संलग्न भने थिइनन् । इजिप्टेलीहरूले मानिस तथा जनावरहरूको मृत शरीरलाई तीनको आत्मालाई स्थायी घर उपलब्ध गराउने उद्देश्यले कृत्रिम रूपले सुरक्षित राख्ने गरेका थिए । मृत्यु संस्कारका अनुष्ठानसहित मम्मीकरणको यो प्रक्रिया पूरा हुन सामान्यतः ७० दिन लाग्ने गथ्र्याे भने यसरी मृतक सांसारिकबाट एक दिव्य प्राणीमा बदलिने उनीहरू विश्वास गर्थे । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर