नेभिगेसन मेनु

यातायात मजदुरको प्रदर्शनमा एम्बुलेन्स पनि तोडफोड
सम्पादक:南亚网络电视
समय:2023-02-14 12:03

ambulance2023-02-14-06-08-18

ट्राफिक कारबाही खुकुलो पार्न र बसपार्कबाहिर माइक्रोबस पार्किङ माग्दै बालाजु क्षेत्रमा यातायात मजदुरले गरेको प्रदर्शनमा एम्बुलेन्स नै तोडफोड गरिएको छ ।

चालक ठाकुरप्रसाद न्यौपानेले भने, ‘म रसुवाको कालिका गाउँपालिकाबाट ल्याएको बिरामी टिचिङमा छाडेर फर्किँदै थिएँ । प्रदर्शनकारीले एम्बुलेन्स तोडफोड मात्रै गरेनन्, मेरो मोबाइल पनि लुटे ।’

प्रदर्शनकारीले प्रहरीका दुई भ्यानमा आगजनी गरेका छन् भने एक प्रहरी अस्थायी बिट र दर्जन सार्वजनिक तथा निजी सवारीसाधन तोडफोड गरेका छन् ।       

काठमाडौ उपत्यकामा सार्वजनिक यातायात नचल्दा विहानै देखि जनजिवन प्रभावित भएको छ। यातायात मजदुरहरुले आज विहानै देखि सार्वजनिक यातायात बन्द गरेका कारण जनजिवन प्रभावित भएको हो।

सोमबार राती यातायात मजदुरहरुले बन्द घोषणा गरेका कारण बिहानै गन्तव्यमा हिडेका यात्रु अलपत्रमा परेका छन्।  केही निजी सवारी साधान चलेका छन भने फाट्टफुट्ट रुपमा सार्वजानिक यातायात पनि चलेका छन्। 

चक्रपथ बाहिर सार्वजनिक यातायात चले पनि चक्रपथ भित्र नगन्य रुपमा चलेका छन्।विहान कलेज विद्यालय र काममा जाने यात्रु सार्वजनिक यातायात नचल्दा मर्कामा परेका छन। केही यात्रुहरु आफ्नो काममा पैदल यात्रा गरेर गरिरहेका छन्।उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार नीजि सवारी, अति आवश्यक सवारी साधन चलेको भएपनि सार्वजानिक यातायात भने थोरै चलेकाछन। 

उनका अनुसार उपत्यका बाहिर जाने सवारीमा कोटेश्वर क्षेत्रका काउन्टर खुलेका छन् भने नयाँ बसपार्कबाट छिटपुटमात्र सवारी छुटेका छन्। सडकमा अहिलेसम्म बन्दकर्ता नदेखिएका प्रवक्ता भट्टले बताए। 

सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। ट्राफिक नियम पालनामा ज्यादती भएको भन्दै यातायात मजदुरहरुले आज बन्दको घोषणा गरेका हुन। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै आज काठमाडौँ उपत्यकाभित्र सार्वजनिक यातायातमा नचलाउने घोषणा गरेका थिए। 

यसैगरी आजै आन्दोलनरत यातायात व्यवसायी तथा यातायात मजदुर र सरकारबीच आज हुँदै छ। सरकारले यातायात मजदुरलाई वार्ताका लागि बोलाएको हो। बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिए।यातायात मजदुरको आन्दोलनका कारण सोमबार दिनभर बालाजु क्षेत्र तनावग्रस्त बनेको थियो। आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी पनि जलाएका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर