नेभिगेसन मेनु

यमनमा हुथी विद्रोही र सेनाबीच झडप, २४ घण्टामा २७० भन्दा बढीको मृत्यु
सम्पादक:南亚网络电视
समय:2026-10-07 14:17

yeman

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २१ गते । यमनमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच झडप हुँदा २७० भन्दा बढीको मृत्यु भएको छ ।

साउदी अरबको समर्थन प्राप्त यमनी सरकारले गत महिना हुथी विद्रोहीले कब्जा गरेका क्षेत्र पुन: आफ्नो नियन्त्रणमा लिन प्रत्याक्रमण सुरु गरेपछि देशमा लडाइँ तीव्र बनेको हो । समाचार एजेन्सी एएफपीका अनुसार झडपमा परी २४ घण्टामै दुवै पक्षका २७० भन्दा बढीको मृत्यु भएको छ ।

हुथी विद्रोहीले गरेका क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट सैनिक मात्र ११५ जना मारिएका छन् । दर्जनौँ सैनिक घाइते छन् ।

हिंसाको मुख्य केन्द्र यमनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको छ । यो क्षेत्र विश्वव्यापी ऊर्जा आपूर्तिका लागि रणनीतिक रूपमा महत्वपूर्ण मानिने ‘बाब अल–मान्दब जलसन्धि’ आसपास पर्छ ।

यसैबीच, हुथी सैन्य स्रोतले एएफपीलाई बताएअनुसार पछिल्लो एक दिनमा उनीहरूका १६० लडाकु मारिएका छन् ।

स्रोतका अनुसार तीमध्ये अधिकांशको मृत्यु हुथीको नियन्त्रणमा रहेका क्षेत्रमा साउदी अरबले गरेको हवाई आक्रमणमा भएको हो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर