नेभिगेसन मेनु

यमनमा द्वन्द्व तीव्र: चार सातामा ५०० सैनिक मारिए, साउदीमाथि हुथीको ड्रोन तथा क्षेप्यास्त्र आक्रमण
सम्पादक:南亚网络电视
समय:2026-09-14 15:12

huthi-0992026121028-1000x0

एडन — यमनमा सरकारी फौज र इरान समर्थित हुथी विद्रोहीबीचको लडाइँले फेरि हिंस्रक रूप लिएको छ। लाल सागर क्षेत्रमा द्वन्द्व चर्किंदै जाँदा पछिल्लो चार साताको अवधिमा ठूलो मानवीय क्षति भएको छ ।

विद्रोहीहरूले साउदी अरेबियाको तेल पूर्वाधार र सीमावर्ती क्षेत्रलाई लक्षित गरी आक्रमण तीव्र बनाएका छन्। 

तटीय क्षेत्रमा सक्रिय सरकारी गठबन्धन 'नेसनल रेजिस्टेन्स' ले विगत चार साताको पश्चिम तटको लडाइँमा ५०० भन्दा बढी सैनिकहरुको ज्यान गएको जनाएको छ ।

द्वन्द्व चर्किएयता यो नै पहिलो विस्तृत विवरण हो। सोही अवधिमा हुथी तर्फबाट भने १,००० भन्दा बढी लडाकु मारिएको दाबी गरिएको छ।

विद्रोही हुथीहरूले मोखा बन्दरगाह शहर र बाब एल-मान्देब जलमार्गस्थित एक टापु कब्जा गरेका छन्। हर्मुज जलमार्गको महत्त्वपूर्ण वैकल्पिक ढुवानी मार्ग मानिने यस क्षेत्रमा यमन सरकारको पकड गुमेसँगै सत्तारूढ राष्ट्रिय नेतृत्व परिषद्‍मा बहस सुरु भएको छ ।

परिषद्का सदस्य सुल्तान अल-अराडाले यस घटनालाई पीडादायी तथा दुःखद् भनेका छन्। यद्यपि, परिषद्का प्रमुख रशाद अल-अलिमले पराजयलाई 'सामान्य घटना' को रूपमा लिँदै राज्यका संस्थाहरू र राष्ट्रिय सार्वभौमसत्ता पुनः प्राप्त गर्ने लक्ष्यबाट सरकार पछि नहट्ने स्पष्ट पारेका छन् ।

यमनको सेनाले मोखा, धुबाब र ताइज प्रान्तका हुथी ठेगानाहरूमा हवाई आक्रमण तीव्र पारेको छ।

साउदी अरेबियामाथि आक्रमण र हुथीको नाकाबन्दीको दाबी

हुथी विद्रोहीहरूले साउदी अरेबियाको तेल पूर्वाधार र ढुवानी मार्गलाई लक्षित गर्दै नाकाबन्दीको घोषणा गरेका छन्। आइतबार साउदी सीमा नजिकका आभा शहर र खामिस मुशाइत प्रान्तमा हुथीले ड्रोन र क्षेप्यास्त्र प्रहार गरेपछि सुरक्षा सतर्कतास्वरूप साइरन बजाइएको थियो। 

यमनको सिमाना जोडिएको लाल सागर किनारको साउदी भूभागमा आइतबार राति एउटा क्षेप्यास्त्र खस्दा दुईजना घाइते हुनुका साथै एउटा मस्जिद र केही भवनहरूमा क्षति पुगेको छ। साउदी नागरिक सुरक्षा निकायले यस आक्रमणको जिम्मेवारी हुथीहरूलाई दिएको छ। 

हुथी सैन्य प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारीले साउदी अरेबियालाई लक्षित गरी ड्रोन र क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरे पनि प्रमाण प्रस्तुत गरेका छैनन्।

सन् २०२२ को सम्झौतापछि केही हदसम्म शान्त बनेको यमनमा द्वन्द्व पुनः ब्युँझिंदा ४ करोडभन्दा बढी जनसङ्ख्या फेरि गृहयुद्धको चपेटामा पर्ने त्रास बढेको छ। 

सेप्टेम्बरको सुरुदेखि यताको लडाइँका कारण मात्रै ८०,००० भन्दा बढी मानिस विस्थापित भइसकेको संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ। घर छाडेर हिंडेकाहरुले बाटोमा जलेका गाडीहरू र महिला तथा बालबालिकाका शवहरू छरिएका अति नै भयानक दृश्य देखेको बताएका छन्। 

यसममा सन् २०२२ मा युद्धविराम हुनअघि चलेको दशक झन्डै एक दशक लामो द्वन्द्वमा १ लाख ५० हजार मानिसको ज्यान गएको थियो । लाखौं नागरिक भोकै बस्‍नुपर्ने अवस्थामा पुगेका थिए।  उक्त द्वन्द्वको घाऊमा खाटा नबस्दै फेरि अर्को नयाँ द्वन्द्व सुरु भएको हो । 

हालको यो तीव्र द्वन्द्वले विश्वव्यापी तेल आपूर्तिको आपूर्ति र मूल्यमा समेत दबाब बढाएको छ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर