नेभिगेसन मेनु

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हाल्जेनलाई
सम्पादक:南亚网络电视
समय:2026-10-06 19:21

Halzen-Francis-2024-09-18AD-6647-Francis-Halzen_WEB

दक्षिण एशीया नेटवर्क टेलिभिजन, काठमाडौ असोज २० गते । द रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले सन् २०२६ को नोबेल भौतिकशास्त्र पुरस्कार वैज्ञानिक फ्रान्सिस हाल्जेनलाई प्रदान गर्ने निर्णय गरेको छ ।

आइसक्यूब न्युट्रिनो अब्जर्भेटरीको स्थापना र अन्तरिक्षका उच्च ऊर्जा युक्त न्युट्रिनो कणहरू पत्ता लगाएकाले उनलाई यो पुरस्कार दिइएको हो ।

हाल्जेनले दक्षिण ध्रुवको बरफ प्रयोग गरेर न्युट्रिनो कणहरू र्ट्याक गर्न सकिने अवधारणा ल्याएका थिए । उनले सन् १९८८ मा पहिलोपटक यो योजना प्रस्तुत गरेका थिए । न्युट्रिनोहरू ब्रह्माण्डभरि फैलिएका हुन्छन् । यी कणहरू पृथ्वी र मानव शरीरबाट सहजै पार हुन्छन् । कहिलेकाहीँ मात्र न्युट्रिनो कुनै एटमिक न्युक्लियससँग ठोक्किन्छ ।

एटमिक न्युक्लियससँग ठोकिँदा उत्पन्न हुने प्रकाशको चमकलाई सफा बरफमा राखिएका सेन्सरहरूले रेकर्ड गर्छन् । यसै सिद्धान्तका आधारमा दक्षिण ध्रुवमा एक क्युबिक किलोमिटर क्षेत्र ओगटेको आइसक्यूब अब्जर्भेटरी सन् २०११ मा निर्माण गरिएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर