नेभिगेसन मेनु

फेवा डाइलग २०२४ पोखरामा सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-12-22 17:52

微信图片_20241220182020

एस् ए टी भी ०६ पौष, पोखराः फेवा डाइलग २०२४ दोस्रो तथा अन्तिम दिन उत्साह र अपेक्षाका साथ पोखरामा सम्पन्न भएको छ। त्रिभुवन विश्व विद्यालय तथा सिचुआन विश्व विद्यालयको संयुक्त आयोजनामा आर्थिक, सामाजिक तथा अन्य विविध शीर्षकहरूमा आधारित रहेर बहस मूलक कार्यक्रम भएको हो। 

room 2

दोस्रो दिन विभिन्न सत्रहरूमार्फत थुप्रै विषयमा रहेर विभिन्न देशका विद्वानहरूले आफ्नो ज्ञान तथा जानकारीहरू उपस्थित सहभागीहरूलाई सम्प्रेषण गरेका थिए। दक्षिण एसियामा हरित विकास तथा डिजिटल अर्थतन्त्रका उपादेयता तथा घाटाहरू विषयक विमर्शमा नेसनल एकेडेमी अफ चाइनिज मोर्डनाइजेसन , चाइनिज एकेडेमी अफ सोसियल साइन्सेस चाइनाका प्राध्यापक सु सिउ च्युन ,जे एन यु सेण्टर फर इस्ट एसियन स्टडिज स्कुल अफ ईन्टरनेश्नल स्टडिजका प्राध्यापक वरप्रसाद एस. डोल्ला लगायतले आफ्ना भनाइहरू प्रस्तुत गरेका थिए। 

room 3

त्यस्तै एकीकृत विकासमा पूर्वी तथा दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको अनुभव सार राखेर भएको बहसमा नेपाल तथा अन्य राष्ट्रले कसरी आसियान तथा उसका सदस्य राष्ट्रहरूबाट सिकेर आर्थिक समृद्धिको बाटो लिनुपर्छ भन्ने तर्फ अधिकांश सहभागीले जोड दिएका थिए। बहसमा शाङ्हाइ अन्तर्राष्ट्रिय स्टडिज युनिभर्सिटीका प्राध्यापक हुआङ चिङ, नेपाल सरकार पूर्व मन्त्रीहरू डा. प्रकाश शरण महत, कमल थापा लगायतको उपस्थिति थियो। नेपाल तथा दक्षिण एसियाली राष्ट्रहरूले कसरी आफ्नो अवस्थितिको फाइदा उठाएर विश्व आर्थिक जगतमा प्रभाव जमाउन सक्छन् भन्नेमा केन्द्रित रहेर भएको यस सेसनमा एकीकृत प्रणाली बात विकासमा पर्ने असर त्यसका फाइदा बेफाइदा अथवा अन्य किसिमका अवधारणा बाट हुन सक्ने विकासका मोडलको बारे छलफल भएको थियो। 

2

नेपालका तर्फ बाट चीनकालागि पूर्व राजदूत लीलामणि पौड्याल , सिचुआन युनिभर्सिटी नेपाल स्टडी सेण्टरका उप निर्देशक काओ लियाङ लगायत सम्मिलित सेसनमा नेपालमा विश्वव्यापी अर्थतन्त्र सरुवा तथा त्यसको नेपालमा परेको असर तथा दुई ठूला अर्थतन्त्रको बिचमा रहेर पनि नेपालले लिन नसकेको फाइदाको बारेमा छलफल भए। 

नेपालले थुप्रै कुरा सिक्ने अवसर प्राप्त गरेको यस कार्यक्रमले पोखरालाई आउँदा वर्षहरूमा आर्थिक संवादको हब बनाउनेमा विश्वस्त भएको आयोजकले जनाए। थुप्रै विकासशील तथा विकसित राष्ट्रहरूबाट आएका आगन्तुकले आफ्नो देशमा स्थित आर्थिक नमुना र त्यसको नेपालमा व्यवहारिकता बारे बहस गरेका थिए। यसले अवसरका नयाँ गोरेटो कोर्नेमा पनि आगन्तुकको विश्वास रहेको थियो। 

अन्तिममा नेपालको समग्र सामाजिक, धार्मिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको कार्यक्रम रात्रिकालीन भोज सङ्गै सम्पन्न भएको थियो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर