एस् ए टी भी १९ मङ्सिर काठ्माण्डौंः नेपाल र चीन बीच बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा बुधबार बिआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो । यसअघि बिआरआई फ्रेमवर्कमा हस्ताक्षर नहुने चर्चा चलिरहेको थियो ।
नेपाल सरकार र चीन सरकारका अधिकारीहरू बीच सहमती जुटेपछि दुई देशका परराष्ट्र सचिवले यसै पटक फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् ।
सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसबीच बिआरआई ऋणमा नभई अनुदानमा मात्रै लिने समझदारी थियो । चीनले भने अनुदान(ग्रान्ट) शब्दमा सहमत नभएको समाचार बाहिरिएका थिए । यस्तोमा सहयता(एड) शब्दको मध्यमार्गी बाटोका विषयमा छलफल भइरहेको स्रोतको भनाई छ ।
अहिले हस्ताक्षर भएको फ्रेमवर्कको आधिकारिक दस्तावेज भने सार्वजनिक भइसकेको छैन ।