एस् ए टी भी १४ मङ्सिर, काठमाण्डौंः रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको मृत्यु भएको छ । शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको हो ।
उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उक्त दुर्घटनामा अन्य ४ जनाको पनि मृत्यु भएको छ । १४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको भन्दै रामेछापका डीएसपी प्रदीप सिंहले ५ जनाको घटनास्थलमै र अन्य तीन जना घाइते भएको रातोपाटीलाई जानकारी दिए ।
उनले गाडी सडकबाट करिब ३०० मिटर तल खसेको समेत बताए । गाडी काठमाडौँबाट बेताली जाँदै थियो ।