नेभिगेसन मेनु

राष्ट्रिय फोटो पत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबिच समझदारी
सम्पादक:南亚网络电视
समय:2024-12-14 14:44

nfpj

चीन विन्जाओ  , मङ्सिर २९ गते  – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले  चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबिच समझदारी गरिएको छ । एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआन विन्जाओमा  सांस्कृतिक तथा ब्यवसायीक फोटो पत्रकारितामा दुई देशबिच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्नका लागि समझदारी पत्र आदान प्रदान  गरिएको हो ।

उक्त समझदारीले राष्ट्रिय फोटो पत्रकार समूह र विन्जाओ मिडिया ग्रुपबिच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यवसायीक क्षमता विकासमा लागि महत्त्वपूर्ण भूमिका खेल्ने छ ।

कार्यक्रमलार्ई विन्जाओका मिडिया ग्रुपका निर्देशकले दुई देशका फोटो पत्रकार तथा मिडिया हाउसबिच समझदारी गर्न पाउँदा खुसी लागेको बताउँदै यस्ता समझदारीले समाचारका माध्यमबाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पुर्याउन महत्त्वपूर्ण  भूमिका खेल्ने र नेपाल सरकार र चीन सरकारबीच भएको मिडिया सम्बन्धी सम्झौतालाई पनि यसले सहयोग गर्ने बताउनु भयो । यहाँको राम्रो पक्षको नेपालमा प्रचारप्रसार गराउन सहयोग पुग्ने हेतुले नेपालका फोटो पत्रकार समूहसँग यो मित्रता गाँसिएको बताउनु भयो । 

एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण रहेको विन्जाओको मिडिया ग्रुपसँग गरिएको समझदारीले फोटो तथा समाचारहरूको माध्यमबाट दुई संस्थाको मित्रतालाई थप स्थापित गर्न सहयोग पुग्नुका साथै  र दुई देशबिचको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । अन्तर्राष्ट्रिय मिडिया हाउससँगको पहिलो गर्न पाएकोमा उहाँले खुसी समेत व्यक्त गर्नु भयो ।  

उक्त  कार्यक्रम विन्जाओ फोटोग्राफर एसोसिएसनका अध्यक्ष लिइ जनपिङ्  उपाध्यक्ष तथा सिनियर फोटोग्राफर सु सोय र एनएफपिजेका उपाध्यक्ष सुनिल शर्मा लगायत नेपालबाट चीन भ्रमणमा रहेका फोटो पत्रकारहरूको पनि उपस्थिति रहेको थियो । राष्ट्रिय फोटो पत्रकार समूहलाई विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओले रेडियो संग्राहालय र टेलिभिजन प्रसारणको पनि अवलोकन गराएका थिए ।  

विन्जाओ मिडिया ग्रुप विन्जाओकै सबैभन्दा ठूलो मिडिया हाउस हो । यसले सहरमा पत्रिका, रेडियो, टेलिभिजन, वेबसाइट र मोबाइल एप मार्फत समाचार सङ्कलन, वितरण तथा प्रसारण गर्दै आएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर