नेभिगेसन मेनु

'बीआरआई, अवसर र चुनौती ' बिषयक अनतरक्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-09-26 12:06

WechatIMG64

एस् ए टी भी , काठमाण्डौँ, १० असोजः नयाँ चीन स्थापनाको ७५औं बार्षिकोत्सव'का  सन्धर्भमा नेपाल-चिन मैत्री युवा संघ र फ्रेण्डसिप फोरम फर नेप्लिज जर्नालिस्टले चाइना ग्लोबल टेलिभिजन नेटवर्क ( CGTN ) नेपाली सेवासंगको सहकार्यमा आयोजित 'बीआरआई, अवसर र चुनौती ' बिषयक अनतरक्रिया कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। काठमाण्डौको  बसुन्धारामा संचालन भएको यस कार्यक्रमको सभापतित्व  नेपाल-चीन मैत्री युवा संघका अध्यक्ष बिष्णु सापकोटाले गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथिका रुपमा रास्ट्रिय सभाका अध्यक्ष नारायाण प्रसाद दाहाललाई निम्त्याईएको थियो।

WechatIMG57

कार्यक्रमको औपचारिक शुरुवात गर्दै नेपाल-चीन मैत्री युवा संघका महासचिव दिपक देबकोटाले नेपाल र चीनबिच बि आर आई सम्झौता भएको करिब आठ बर्ष पुगेको स्मरण गर्दैनेपालले बिआरआइ जस्ता परियोजनालाई अन्गालेर नेपालले पनि आफुलाई बिकासको बाटोमा लाइजन सक्ने सम्भावना बारे प्रकाश पारे।

चिनको राजधानी बेइजिङबाट सिजिटिएन नेपाली सेवाका प्रमुख सुमेघाले भिडीयो मार्फत 'तपाई धनि हुनु भए पनि तपाइको छिमेकमा गरिब रहेको छ भने तपाइको पनि इज्जत रहन्न' भन्ने चिनिया मान्यता रहेको बताउदै चिनले बिआरआई मार्फत बिकासमा साझेदारी खोजेको बताईन।

WechatIMG58

नया चीन स्थापनाको ७५औं बार्षिकोत्सवको शुभकामना दिदै चिन नेपाल केन्द्रका सचिव तथा रे टेलिभिजन एच डिका अध्यक्ष प्रकाश बाबु पौडेलले नेपालले बिआरआई मार्फत पुर्वाधार र बिकास हासिल गर्न सक्नेकुरामा आफु बिश्वस्त रहेको बताए। तर त्यसका निम्ति नेपालले आफुलाई उपयुक्त्त योजनाहरु छान्नु पर्ने मा जोड दिए।

मन्तब्यकै क्रममा संविधान सभाका सदस्य तथा वरिष्ठ अधिवक्त्ता एकराज भण्डारीले बिआरआइमा हस्ताक्षर गरेको ८ बर्ष पुग्दा समेत ठोस केहि कार्य हुन नसकेको बताए। बिशेष गरी कृषि , पुर्वाधार , उर्जा तथा भौतिक बिकासका सन्धर्भमा ठिक ढङले उपयोग गर्न सके नेपाललाई यो अवशरको हुने उनले बताए।

WechatIMG62

नेकपा एमालेका उपाध्यक्ष गुरू प्रसाद बरालले नेपाल र चीन बीचको यस लामो सम्बन्धलाई अझ गहिरो र प्रभावकारी बनाउन पनि हामीले बिआरआई का परियोजनाहरू सकेसम्म छिटो र वस्तुगत रूपमा संयोजन गर्दै लानु पर्ने जिकिर गरे।

WechatIMG63

राष्ट्रिय सभा अध्य्क्ष सम्माननीय नारायण प्रसाद दाहालले कार्यक्रमको प्रमुख अतिथीको रूपमा आफ्नो मन्तव्य राख्दै गर्दा जनवादी गणतन्त्र चीनको ७५औँ वार्षिकोत्सवको शुभकामना दिदैं नेपाल र चीन बीच राजनैतिक , आर्थिक मात्रै नभएर साँस्कृतिक रूपमा पनि निकै सुमधुर सम्बन्ध रहेको भन्दै आगामी दिनमा यो सम्बन्ध अझै सबल हुँदै जानेमा विश्वास व्यक्त गर्नु भयो। नेपाल र चीन दुवैले बिआरआई मार्फत अधिकतम फाइदा उठाउन पर्नेमा जोड दिए।

WechatIMG61

नेकपा माओवादी केन्द्रका महा सचिव देव गुरुङले पुर्वाधार विकासमा पटक पटक परराष्ट्र मन्त्री स्तरकै छलफल भईरहेको तर ठोस निकास आउन नसकेको कि भन्नेमा गुनासो पोख्दै आगामी दिनमा त्यस किसिमको कमिकमजोरी सुधार्दै अघि बढ्नु पर्नेमा जोड दिनु भयो। चीनलाई ७५औँ स्थापना दिवसको शुभकामना दिँदै उसका संयन्त्रको अधिकतम फाइदा उठाउनु पर्नेमा जोड दिनु भयो।

WechatIMG60

नेकपा मालेका संस्थापक महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले जनवादी गणतन्त्र चीनलाई ७५ औँ वार्षिकोत्सवको शुभकामना दिँदै बिआरआईका नकारात्मक टिप्पणीहरूलाई चिर्दै , भ्रमहरूलाई विश्लेषण गर्दै त्यसका सबल र हामीलाई अत्यावश्यक परियोजनाहरू यथाशीघ्र सुरू गर्नु पर्नेमा जोड दिए।

WechatIMG59

रुसकालागि पूर्व नेपाली राजदूत, पूर्व सांसद, वरिष्ठ लेखक तथा कुटनितिज्ञ हिरण्यलाल श्रेष्ठले बिआरआई सम्बन्धी भ्रम चिर्नु पर्नेमा जोद दिनु भयो। नेपालले बिआरआईमा सहभागी हुन कतै कुनै शक्ति प्रति ढल्किनु नपर्ने र यो ऋणको भारी पनि नभएको स्पष्ट पार्दै यस बाट नेपालले जतिसक्दो र जतिछिटो फाइदा लिनु पर्ने तर्क राखे। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर