नेभिगेसन मेनु

नेपाली चिनियाँ शिक्षक तालीम सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-09-08 16:27

IMG_3332

एस ए टी भी, २३ भाद्र, काठमाण्डौं: नेपाल स्थित स्थानीय चिनियाँ भाषा शिक्षकहरूलाई तालीम दिने उद्देश्यले २०२४ कन्फ्युसियस इन्स्टिच्युट, काठमाण्डौं विश्व विद्यालय नेपाली चिनियाँ शिक्षक तालीम आज बिहान १०:०० बजे देखि ११:३० सम्म काठमाण्डौं विश्व विद्यालय स्कूल अफ म्यानेजमेण्ट स्थित कन्फ्युसियस इन्स्टिच्युटको हलमा सम्पन्न भएको छ।

कार्यक्रममा कन्फ्युसियस इन्स्टिच्युट, काठमाण्डौं विश्व विद्यालयका चिनियाँ निर्देशक ली शुवाङ छङ , त्रिभुवन विश्व विद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक प्रोफेसर सिन लुकाओ, नेपाल चाइनिज एजुकेसन सोसाइटीका प्रतिनिधि जी टेसी लगायतको उपस्थिति रहेको थियो।

IMG_3244

निदेशक ली ले स्वागत मन्तव्य प्रस्तुत गर्दै यस तालीमले नेपालमा चिनियाँ भाषाको विस्तारमा र नेपाल चिन समन्वयमा  टेवा पुर्‍याउने भन्दै उपस्थित सम्पूर्णलाई धन्यवाद दिनु भयो।

त्रिभुवन विश्व विद्यालयको कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक प्रोफेसर सिन लुकाओले आफ्नो मन्तव्यमा यस्ता किसिमका कार्यक्रमहरू भइराख्दा नेपाल स्थित स्थानीय चिनियाँ शिक्षकहरूको मनोबल बलियो हुने र यसले भविष्यमा नेपाल – चिन सद्भावलाई अझ प्रगाढ बनाउन मद्दत गर्ने भन्दै कार्यक्रम आयोजकलाई धन्यवाद ज्ञापन गर्नु भयो।

IMG_3237

कार्यक्रममा बोल्दै विभिन्न वरिष्ठ चिनियाँ शिक्षकहरूले नेपालमा आफुँले पढाउँदै गर्दाको अनुभव साझा गर्नु भयो। कतिपय शिक्षकहरूले २०२० को कोभिडको समयमा चिनियाँ शिक्षकहरू नहुँदा पनि नेपालमा उपलब्ध जनशक्तिले नै धानेको सुनाउनु भयो। त्यस समयका तीता तथा मीठा अनुभव सुनाउँदै नव प्रवेशी शिक्षकहरूलाई शुभकामना पनि दिनु भयो।

IMG_3311

चिन बाट नयाँ स्वयंसेवी शिक्षक छ्याओ चिनन्वोले सम्बोधन गर्नुभयो। सम्बोधन गर्दै उहाँले यहाँ काम गर्दा रमाइलो हुने र धेरै कुरा सिक्न पनि पाइने विश्वास गर्नु भयो।

यस्ता किसिमका कार्यक्रमहरूले नेपाल–चिन सम्बन्ध अझै दिगो र महत्त्वपूर्ण बनाउँदै जाने , र यहाँ स्थित स्थानीय शिक्षकहरूलाई अझै सिक्ने अवसर मिल्ने हुनाले नियमित सञ्चालन हुनु पर्ने निष्कर्षका साथ समापन भएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर