नेभिगेसन मेनु

ग्वान्जाउ, कोलकाता र ल्हासाका लागि महावाणिज्यदूत नियुक्त
सम्पादक:南亚网络电视
समय:2024-09-01 21:03

jhakka-aacharya-bharat-khanal-laxmi-niraula_zIMluBv7IS

सरकारले विभिन्न तीन महावाणिज्यदूतावासमा महावाणिज्यदूत नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीनको ग्वान्जाउ र ल्हासा तथा भारतको कोलकाताका लागि महावणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो।

महावाणिज्यदूतमा नियुक्त हुनेहरूमा सहसचिवहरू झक्कप्रसाद आचार्य, भरत खनाल र लक्ष्मीप्रसाद निरौला छन्। खनाल ग्वान्जाउमा, आचार्य कोलकाता र निरौला ल्हासाका लागि महावाणिज्यदूत नियुक्त भएका हुन्।

महावाणिज्य दूत बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ३२ गते उनीहरूको परराष्ट्र मन्त्रालयमा सरुवा गरेको थियो।

महावाणिज्य दूतहरूको कार्यकाल ४ वर्षको हुन्छ। विभिन्न देशमा गरी नेपालका ५ महावाणिज्य दूतावास रहेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर