नेभिगेसन मेनु

"सुन्दर चीन: तिब्बत पर्यटन प्रवर्धन कार्यक्रम" काठमाण्डौंमा सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-09-12 16:34

china tibet 1

एस ए टी भी, २७ भाद्र, काठमाण्डौ । चीन तथा तिब्बतमा ठुलो संख्यामा अन्तराष्ट्रिय पर्यटक भित्र्याउने उद्देश्यले "सुन्दर चीन: तिब्बत पर्यटन प्रवर्धन कार्यक्रम आज काठमाण्डौंमा सम्पन्न भएको छ। विभिन्न क्षेत्रका सम्माननीय व्यक्तित्वको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा चिनियाँ पर्यटन मार्ग प्रचार गर्नका लागि प्रयोगमा आउने वेबसाइट पनि प्रकाशित गरीएको थियो ।

china tibet 9

नेपाल, भारत, भुटान तथा अन्य राष्ट्रका होटेल व्यवसायी, ट्राभल एजेन्सी तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थितिका बिच सम्पन्न भएको यसकार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी उप निर्देशक  राम प्रसाद सापकोटा, नेपाली बौद्ध विद् पुण्य प्रसाद पराजुली, कैलाश तीर्थयात्राका लागि स्थानीय ट्राभल एजेन्सीका प्रतिनिधि तथा तिब्बत सी माउन्टेन हेशि टुरिजम कम्पनीका महाप्रबन्धक ली ग्याङ, चीनका पर्यटन विज्ञ तथा चीनको पर्यटन तथा संस्कृति मन्त्रालयका विशिष्ट टुर गाइड चाओ सुवाङ्, चीनको छिङहाई प्रान्तको युशु स्नो लिओपार्ड टुरिजम कम्पनीका अध्यक्ष कङ का छिछङ , नेपाल कल्चर एण्ड टुरिजम इन्भेस्टमेन्ट कम्पनीका अध्यक्षका ध्रुव पौडेल, चीनमा पर्यटकीय भ्रमणको व्यवस्थापन गर्ने नेपाली संस्थाहरूको गठबन्धनका कार्यकारी उपनिर्देशक दिकेश महर्जन लगायतको उपस्थिति रहेको थियो ।

china tibet 2

कार्यक्रममा बोल्दै चीनमा पर्यटकीय भ्रमणको व्यवस्थापन गर्ने नेपाली संस्थाहरूको गठबन्धनका कार्यकारी उपनिर्देशक दिकेश महर्जनले चीनमा पर्यटन व्यवस्थापनको अवस्था, चुनौती तथा त्यहाँ स्थित पर्यटकीय गन्तव्यको बारे प्रकाश पार्नु भयो ।

china tibet 6

कैलाश तीर्थयात्राको परिचय दिँदै त्यहाँ सम्मको व्यवस्थापनको बारे जानकारी गराउन मञ्चमा देखिनु भएका तिब्बत सी माउन्टेन हेशि टुरिजम कम्पनीका महाप्रबन्धक ली काङले आफ्नो कम्पनीले दिने सेवा सुविधाका बारे बताउदै गुणस्तरमा सम्झौता नगरी तीर्थयात्रामा सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

वरिष्ठ टुरिस्ट गाइड चाओ सुवाङ्ले नेपाल र चीनबिचको विगत देखिको सम्बन्ध सम्झँदै यसलाई अझ प्रगाढ बनाउन दुवै तर्फका पर्यटन व्यवसायीहरूले सक्नेमा विश्वास व्यक्त गर्नु भयो।

china tibet 8

अन्त्यमा नेपाल टुरिजम बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटाले नेपाल सरकारले चीनमा पर्यटक पठाउन तथा चिनियाँ पर्यटक नेपाल भित्राउन थुप्रै पहल गरिरहेको जानकारी गराउनु भयो । उहाँले व्यवसायीहरूलाई ढुक्क भएर यस व्यवसायमा हात हाल्न पनि आश्वासन प्रदान गर्नु भयो। नेपाल- चीन पर्यटन प्रवर्धनका अवधारणाहरू बनिरहेको प्रकाश पार्दै उहाँले आगामी दिनमा यो सहकार्य अझै सुदृढ हुँदै जानेमा विश्वास पनि व्यक्त गर्नु भयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर