नेभिगेसन मेनु

फन्चेउ अन्तर्राष्ट्रिय कप बास्केटबल प्रतियोगिता सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-09-08 17:51

IMG_3064

एस ए टि भी , काठमाण्डौं। फन्चेउ अन्तर्राष्ट्रिय कप बास्केटबल प्रतियोगिता काठमाण्डौं स्थित सूर्य फुटसलमा सम्पन्न भएको छ। नेपाली एसोसिएसन अफ चाइनिज इन्टरप्राइजेजको आयोजनामा सम्पन्न भएको प्रतियोगीतामा ६ टिम सहभागी थिए। चाइनिज एम्बेस्सीका प्रतिनिधि वाङ सिन लगायत उपस्थित समापन समारोहका बिच फाइनल खेल खेलाइएको थियो।

IMG_3172

फाइनल खेल एम्बेस्सी चाइना पावर कम्पनीका विरुद्ध स्यान फङ् बिच भएको थियो। प्रतिस्पर्धात्मक खेलमा स्यान फङ्ले एम्बेस्सी चाइना पावर कम्पनीका विरुद्ध ६९-५९ को अन्तरले पराजित गर्‍यो। असाध्यै घम्साघम्सीका बिच खेल स्यान फङ्ले जितेको हो। फङ् प्रतियोगिताभर उच्च प्रदर्शन गर्न सफल भयो। साउथ एसिया नेटवर्क टीभी सङ्गको अन्तर्वार्ताका क्रममा विजयी टोलीका प्रतिनिधिले आफ्नो जीत सामूहिक प्रयासको उपज भएको बताए। उनले भने," हामीले एक अर्कालाई हौसला दिँदै , अगाडी बढ्यौँ र जीत आत्मसात् गर्न सक्यौँ।" उनले प्रतियोगिता आयोजकलाई पनि धन्यवाद दिन भ्याए। विजेताले ट्रफी सहित अन्य पुरस्कारहरू प्राप्त गरे।

IMG_3199

त्यस्तै, चितवन युनाइटेड र काठमाण्डौं हुवावोका बिच भएको तेस्रो स्थानको प्रतिस्पर्धामा काठमाण्डौं हुवावोको टीम विजयी भएको छ।

प्रतियोगिताको सफलताले नेपाल स्थित चाइनिज उद्यमीहरूलाई नयाँ उर्जाको साथ काम गर्ने हौसला दिएको छ । प्रतियोगिता सबैको सामूहिक मेहनतले आयोजना गर्न सम्भव भएको पनि आयोजकले जनाएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर