नेभिगेसन मेनु

तेस्रो फन्चेउ इन्टर्नेशनल कप बास्केटबल प्रतियोगिता सुरू
सम्पादक:南亚网络电视
समय:2024-08-31 17:37

IMG_2470

 एस.ए.टी.भी.,काठमाण्डौं, अगस्ट ३१ः चाइनिज इन्टरप्राइजेज इन नेपालको आयोजनामा " फन्चेउ इन्टरनेशनल कप" बास्केटबल प्रतियोगिताको तेस्रो संस्करण काठ्माडौंको धुम्बाराहीमा आजबाट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन नेपाल स्थित चिनियाँ दूतावासका महामहिम राजदूत छन् सोङ, चिनियाँ उद्यम संघ नेपालका अध्यक्ष चु छिङ चुन जुनको उपस्थितिमा सम्पन्न भएको हो। 

5

उद्घाटन समारोहमा बोल्दै महामहिम सोङ्ले,"यो बास्केटबल प्रतियोगिता चिनियाँ उद्यमीहरूका लागि सञ्चार र सहकार्य गर्ने एउटा महत्त्वपूर्ण प्लेटफर्म हो" भन्नुभयो। । प्रतियोगितामा चिनियाँ दूतावास चाइना पावर कन्स्ट्रक्सन , बेल्ट एन्ड रोड अग्रगामी , पोली छाङ्ता, चितवन युनाइटेड, काठमाण्डौं हुवावे र दक्षिण एसिया खाइतिलोङ गरि ६ टोली रहेको आयोजकले जनाएका छन्। 

4

उद्घाटन खेल चिनियाँ दूतावास चाइना पावर कन्स्ट्रक्सनका विरुद्ध पोली छाङ्ताको बिचमा भएको थियो। उक्त खेलमा चिनियाँ दूतावास चाइना पावर कन्स्ट्रक्सन टोली ४२-४० ले  जीत हात पार्न सफल भएको छ। पहिलो खेल पश्चात् विजयी कप्तान लु फङ्ले साउथ एसिया नेटवर्कसँगको अन्तर्वार्ताको क्रममा आफ्नो जीत कडा परिश्रम र सामूहिक तालमेलको नतिजा रहेको बताए। "अन्य खेलमा पनि यस्तै किसिमको प्रदर्शन गर्ने छौँ," उनले भने। 

IMG_2758

साथै यस प्रतियोगिताबाट चिनियाँ-अनुदानीत उद्दम टोलीहरूसँग सद्भाव आदान प्रदान र सहयोगको प्रक्रिया अझै सुदृढ हुँदै जाने र यि उद्दमहरूमा कार्यरत कर्मचारीको फुर्सदको समय सदुपयोग पनि हुने छ। सँगसँगै चीन र नेपालबीचको मैत्रीपूर्ण सहकारी सम्बन्धलाई प्रवर्द्धन गर्न सकारात्मक योगदान पुर्‍याउने छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर