नेभिगेसन मेनु

सुख्खा पहिरो खस्दा बझाङमा विद्युत र जयपृथ्वी राजमार्ग अवरुद्ध
सम्पादक:南亚网络电视
समय:2024-09-05 13:02

sukkha pahiro

२० भाद्र २०८१,बझाङ : बझाङको जयपृथ्वी राजमार्ग सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ। आज बिहान करिब ७:३० बजे तमैल बजार नजिकै जालेबगरतर्फको भीरमा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र जिल्ला भित्र भित्रिने लामो तथा छोटो दूरीमा चल्ने सबै सवारीका साधनहरू ठप्प भएका छन्। जसले गर्दा यात्रु अलपत्र परेका छन् भने पहिरोका कारण विद्युत तार च्यातिदा बझाङको जयपृथ्वी नगरपालिकासहित खप्तडछान्ना, मष्टा, छबिसपाथिभेरा र तल्कोट गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पनि अवरुद्ध भएको छ। 

पहिरो निरन्तर खसिरहेका रहेका कारण राजमार्ग खुलाउन र च्यातिएका विद्युत तार जोड्न समस्या भएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले बताए।  बस व्यवसायी जोग बहादुर दौल्यालका अनुसार पहिरोका कारण बझाङबाट धनगढी, काठमाडौं, महेन्द्रनगर, डडेल्धुरा र अन्य जिल्ला तथा ठाउँका लागि छुटेका केही बसहरू पार भएको र केही बसहरू लामबद्ध सडकमा रोकिएका छन्।

जयपृथ्वी राजमार्ग पछिल्लो समय दैनिक अवरुद्ध हुँदै आएको छ। सडक विस्तार तथा भीरै भीरको बीचमा भएकाले दैनिक समस्या आइरहेको मालिका यातायातका बझाङ काउन्टरका प्रमुख नवराज जोशीको भनाई छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर