नेभिगेसन मेनु

बेलडाँडीलाई चिनाउन बेलका बिरुवा रोपिँदै
सम्पादक:南亚网络电视
समय:2024-08-28 16:03

belpatra

कञ्चनपुरको बेलडाँडी गाउँपालिकालाई चिनाउन बेलका बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको छ। अभियान अन्र्तगत पहिलो चरणमा चार सय बेलका बिरुवा रोप्न लागिएको हो। स्थानीय युवा गोकर्ण जोशीको अगुवाइमा अभियान सञ्चालन गरिएको हो।

सार्वजनिक, बाँझो जग्गामा बेलका बिरुवा रोप्ने कार्य भइरहेको अभियानकर्ता जोशीले बताए। ‘बेलको घनाजङ्गल भएकाले यस ठाउँको नाम बेलडाँडी रहन गएको हो’, उनले भने, ‘अहिले बेलका रुखहरु देख्नै नपाइने अवस्था आएकाले अभियान सञ्चालन गरी बिरुवा रोप्न थालेका छौँ।’

बेलडाँडीको पुरानो पहिचान फर्काउनका लागि अभियान सञ्चालन गरिएको भन्दै बिरुवा खरिद गर्न ‘एक किसान रु एक’ सङ्कलन गरिएको जोशीले जानकारी दिए। 

उनका अनुसार रकम सङ्कलन अभियानअन्र्तगत हालसम्म रु २३ हजार बढी सङ्कलन भएको छ। हालसम्म नौ हजार पाँच सयको बिरुवा खरिद गरिएको उनले बताए।

बचत रहेको बाँकी रकमबाट दोस्रो चरणमा सञ्चालन हुने बिरुवा रोपण कार्यक्रममा खर्च गरिने अभियानकर्ता जोशीले उल्लेख गरे। 

गाउँपालिकाका सबै वडामा बेलका बिरुवा रोपिने उनको भनाइ छ। बेल धार्मिक कार्यका साथै औषधिका रुपमा समेत प्रयोग हुँदै आएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर