नेभिगेसन मेनु

पेरिस पारा ओलम्पिक : पलेशाले जितिन् पहिलो खेल
सम्पादक:南亚网络电视
समय:2024-08-30 17:13

thumb (16)

काठमाडौँ — पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो खेल जितेकी छन् ।पदक आशा गरिएकी पलेशाले तेक्वान्दोको के–४४ अन्तर्गत आज शुक्रबार भएको महिला ५७ केजीमुनि तौल समूहमा भियतनामकी मोरालेस भलेरियाविरुद्ध खेल जितेकी हुन् ।

पेरिसस्थित ग्रान्ड प्यालेसमा राउन्ड अफ १६ को खेलमा उनले भलेरियालाई ३१–० को अंक अन्तरले पराजित गरिन् । पलेशाले बडी किकबाट सबैभन्दा धेरै अंक बटुलेकी थिइन् ।

टोकियो पारा ओलम्पिक खेलिसकेकी पलेशा हाङचाउ एसियाली खेलकुदकी कांस्य विजेता खेलाडी हुन् । उनले जितेको पदक पारा एसियाली खेलकुदमा नेपालको पहिलो पदक हो ।

गत चैतमा चीनमा भएको एसियाली ओलम्पिक छनोट चरणमा स्वर्ण पदक जित्दै पेरिस ओलम्पिक पक्का गरेकी थिइन् ।

पलेशाले अब क्वाटरफाइनलमा आजै ब्राजिलकी कार्डोसो फर्नान्डेजसँग प्रतिस्पर्धा गर्नेछन् । टोकियो पारा ओलम्पिककी कांस्य विजेता फर्नान्डेजले वर्ल्ड च्याम्पियनसिपमा दुई पटक स्वर्ण जितेकी छन् । उनी वाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेकी हुन् ।

अघिल्लो दिन तेक्वान्दोकै भरतसिंह महता जापानका खेलाडीसँग पराजित भएर बाहिरिएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर