नेभिगेसन मेनु

साफ यू-२० फाइनल आज : नेपालको लक्ष्य ह्याट्रिक, बंगलादेश चाहन्छ पहिलो जित
सम्पादक:南亚网络电视
समय:2024-08-28 15:40

nepalvsbangla

काठमाडौँ — फुटबलमा इतिहासलाई कसरी लिने ? राम्रो छ भने राम्रै । होइन भने बिर्सने । साफ यू–२० च्याम्पियनसिपकै कुरा । बुधबार हुने फाइनल नेपालको तेस्रो उपाधि भिडन्त हुनेछ । यसअघि नेपाल जतिपल्ट फाइनल पुगेको छ, जितेकै छ । नेपाल सन् २०१५ र २०१७ को विजेता हो ।

साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल्ने टोली बंगलादेश र नेपालका कप्तान तथा प्रशिक्षक मंगलबार प्रिम्याच कन्फ्रेन्समा उपाधिका साथ । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

त्यसैले नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ भन्छन्, ‘हामी त इतिहास दोहोर्‍याउने हो ।’ नेपालले सन् २०१७ मा उपाधि जित्दा फाइनलमा बंगलादेशलाई नै हराएको थियो ।

बंगलादेश त झन् चौथौपल्ट फाइनल खेल्दै छ । यसअघिका तीनै फाइनलमा बंगलादेश पराजित छ । इतिहास बंगलादेशको पक्षमा छैन । त्यसैले बंगलादेशी प्रशिक्षक मरुफुल हसन भन्छन्, ‘नयाँ दिन, नयाँ खेल । हामी इतिहासमा फर्केर खेल्ने छैनौं । हामी नयाँ चुनौती पेस गर्नेछौं ।’ यो अर्थमा नेपाल र बंगलादेशबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने फाइनललाई हेर्ने दृष्टिकोण फरक छ ।

दुवैको उद्देश्य भने एउटै छ, उपाधि जित्ने । नेपालका प्रशिक्षक श्रेष्ठले ठीकै भनेका छन्, ‘बंगलादेश पनि राम्रो छ । हामी पनि कम्तीको छैनौं । त्यसैले फाइनल राम्रो हुनेमा विश्वस्त छौं । उपाधिको भिडन्तमा बलियो टक्कर चल्नेछ ।’

दुवैका लागि उपाधिको अर्थ विशेष हुनेछ । अन्योल, अनिश्चित र अविश्वासको फुटबल माहोलबीच नेपालले उपाधि जित्यो भने केही भए पनि शीतलता मिल्नेछ । बंगलादेशले उपाधि जित्यो भने त्यहाँ चलेको राजनीतिक परिवर्तनबीच खुसीको बहार आउनेछ ।

एकअर्काप्रति सम्मान

नेपाल र बंगलादेश दुवै एकअर्कोलाई प्रतिद्वन्द्वीका रूपमा सम्मान गर्छन् । श्रेष्ठको भनाइ छ, ‘बंगलादेश बलियो टिम हो । अझ म भन्छु, सेमिफाइनल पुगेका चारै टिम राम्रा थिए । भारत र भुटान पनि ।’

बंगलादेशका हक पनि थप्छन्, ‘नेपाल घरेलु टिम हो, नेपालले आफ्नै समर्थक अगाडि खेल्दै छ । त्यसैले नेपाल बलियो हुने भयो नै । हामीलाई नेपालको यही बलियो पक्ष चिर्नुपर्ने हुन्छ ।’ सायद नेपाल एक अर्थमा अगाडि छ । प्रतियोगितामा नेपाल अपराजित एकमात्र टिम हो ।

समूह चरणमा नेपालले हात पारेका दुई टिममध्ये एक बंगलादेशविरुद्ध थियो । अर्को जित भने श्रीलंकाविरुद्ध निस्केको थियो । सेमिफाइलनमा नेपालले भुटानलाई टाइब्रेकरमा हराएको हो, निर्धारित समयको खेल बराबरीमा टुंगिएको थियो । बंगलादेशले भने लिग चरणमा श्रीलंकालाई त हरायो । टोलीले सेमिफाइनलमा भारतीय चुनौती काटेको हो, त्यो पनि टाइब्रेकरमै । भारतविरुद्धको जित भने बंगलादेशका लागि विशेष छ । त्यसैले बंगलादेशी टिम केही बढी उत्साहित पनि छ ।

नेपाली टोली दुई दिनको आरामपछि खेल्दै छ । यसबीच नेपाली टिमले त्यसमा अभ्यास सत्र चलाएको छ । यसमा नेपाली टिमले आफ्नो कमजोरी सच्चाउने काम गरेको छ । यो के हो त ? प्रशिक्षक श्रेष्ठले भन्न चाहेनन् । तर, सम्भवतः उनले आफ्ना खेलाडीलाई बल नियन्त्रणमा राखेर नआत्तिएर खेल्ने भनेका छन् । भुटानविरुद्धको खेलपछि प्रशिक्षक श्रेष्ठले आफ्नै खेलाडीको पनि आलोचना गरेका थिए । त्यसबाहेक नेपालले बंगलादेशी टिमको प्रदर्शनलाई दोहोर्‍याएर हेरेको छ । टोलीको कमजोरी खोज्ने प्रयास गरेको छ ।

बंगलादेशी टिमले पनि लगभग यस्तै काम गरेको छ । सम्भवतः मैदानकै कुरामा पनि नेपाललाई फाइदा हुनेछ, किनभने टिमले सातदोबाटोमै साढे एक महिना अभ्यास गरेको थियो । फाइनल त्यही मैदानमा हुने भएपछि नेपाली टिम खुसी पनि छ । बंगलादेशले भने प्रतियोगिताका लागि १५ दिनमात्रै अभ्यास गर्ने मौका पाएको थियो । बंगलादेशलाई सातदोबाटोको मैदानलाई लिएर पनि गुनासो छैन, जस्तो भारतलाई थियो ।

प्रशिक्षक हकले ठीकै भनेका छन् । उनको भनाइ थियो, ‘दक्षिण एसियाली देशमा सबै परिस्थितिमा भने जस्तो सुविधा नहुन सक्छ । हामीसँग जे–जस्तो सुविधा उपलब्ध हुन्छ, त्यहीअनुसार खेल्ने हो । यो कुरा नेपाललाई लिएर लागू हुन्छ, बंगलादेशको लिएर पनि । कम समयको प्रशिक्षणलाई लिएर पनि धेरै केही भन्नु छैन । हामी उतारचढावपूर्ण यात्रा तय गर्दै फाइनल आइपुगेका छौं, यो नै ठूलो हो ।’

कप्तानको फरक योजनाको दाबी

नेपाली टोलीका कप्तान हुन्, कुशल देउवा । उनले फाइनलका लागि नेपाली टिमको फरक योजना रहेको बताए । उनको भनाइ थियो, ‘हामीले समूह चरणमा बंगलादेशलाई हराएको थियौं । तर, फाइनल त्यति सजिलो हुने छैन । हामीलाई आफ्ना खेलाडीमा पूरा विश्वास छ । फाइनलका लागि हाम्रो तयारी राम्रो छ । हामी सबै फाइनलको चुनौती सामना गर्न तयार छौं । हाम्रो उद्देश्य उपाधि जित्नु नै हो ।’

बंगलादेशका कप्तान मोहम्मद असरफुलले पनि दाबी गरे, ‘हाम्रो उद्देश्य उपाधि जितेर घर फर्कने हो ।’ उनले नेपाली टिमको प्रशंसा गरे, विशेषतः विङ्गरको । उनले यिनै विङ्गरलाई रोक्न विशेष मिहिनेत गर्नुपर्ने बताए ।

भारतविरुद्धको सेमिफाइनलमा नियमित कप्तान तथा गोलरक्षक मेहदी हसन घाइते भएका थिए । उनी फाइनलका लागि उपलब्ध हुने छैनन् । त्यसैले नेतृत्वको जिम्मा असरफुलमा गएको हो । त्यसको अर्थ बंगलादेशी पोस्टको जिम्मा दोस्रो रोजाइका गोलरक्षक मोहम्मद आसिफको काँधमा हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर