नेभिगेसन मेनु

सिमलताल पहिरो : बेपत्ताको खोजीमा ३६४ सुरक्षाकर्मी परिचालित
सम्पादक:南亚网络电视
समय:2024-07-17 13:55

simaltal2024-07-17-06-26-14

सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीका तीन सय एक र नेपाली सेनाका ६३ उद्धारकर्मी परिचालन गरिएको गृह मन्त्रायका सहसचिव भीष्मकुमार भुसालले जानकारी दिए ।

साथै, गोताखोरका साथै आधुनिक किसिमको वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामेरा, र्‍याफ्टिङ बोट, मोटर बोट, बस भेट्नका लागि ठूलो चुम्बक र फलामको हुक (एंकर)को प्रयोग गरेर बेपत्ता बस र यात्रु खोजिरहेको छ । किनारको वारिपारि मोटरबोट र दूरबिनको प्रयोगमार्फत पनि खोजी भएको छ ।

पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका ६२ मध्ये १७ जनाको शव मात्र फेला परेको छ । ४५ जनाको अवस्था अझै अज्ञात रहेको चितवन प्रशासनले जनाएको छ । चितवन प्रशसनका अनुसार मंगलबार तीन, सोमबार नौ, आइतबार दुई र शनिबार तीन गरी १७ शव फेला परेको हो । तीमध्ये १० जनाको मात्र सनाखत भएको चितवनका सिडिओ यादवले बताए । 

उनका अनुसार भारतीय नागरिक २८ वर्षीय ऋषिपल साह, ३० वर्षीय जयप्रकाश ठाकुर, ३० वर्षीय सजाद अन्सारी, सर्लाहीका १९ वर्षीय रमितकुमार माझी, रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँ, ४३ वर्षीय किशोरकुमार चौधरी, ४८ वर्षीय ऋषिकुमार सिंह छन् । बाराका ४० वर्षीय परमानन्द पण्डित, चितवनका २२ वर्षीय विकास परियार र सुदीप विकको शवको पनि पहिचान भएको छ । तर, पहिचान भएकामध्ये रौतहटका फिरोज राहुप मियाँको शव सनाखतमा दुई परिवारले आफ्नो भनेर दाबी गरेपछि दुई दिनदेखि सनाखतमा द्विविधा रहेको भनेर प्रशासनले हस्तान्तरण गरेको छैन ।

बेपत्ताको खोजीका लागि भारतसँग पनि समन्वय 

सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ताको खोजीका लागि नेपाली प्रशासनले भारतसँग पनि समन्वय थालेको छ । बेपत्ताको शव सीमाछेउछाउमा पनि फेला पर्न थालेपछि चितवन प्रशासनले भारतको चम्पारण जिल्लासँग समन्वय थालेको हो । 

घटना भएको समय गत शुक्रबार त्रिशूलीमा पानीको बहाव अत्यधिक रहेको र बेपत्ताको शव गण्डक नहर ब्यारेजबाट समेत बगाएको हुन सक्ने भएकाले चम्पारण जिल्लाका डिएमसँग खोज तथा उद्धार कार्यमा समन्वय भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । त्यसबाहेक नेपालमा पनि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लासँग पनि समन्वय गरिएको छ । 

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेकोे गणपति डिलक्सको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बर र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्सको बा.प्र ०३–००६ ख १५१६ नम्बरका बस २८ असारमा चितवनको भरतपुर महानगरपालिका– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए । बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचे पनि ६२ बेपत्ता भएका थिए । 

घट्नाको अध्ययन गर्न गठित समिति चितवन आउँदै

दुर्घटनाको अध्ययन गर्न नेपाल सरकारबाट गठित समिति बुधबार बिहान चितवन आउने भएको छ । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा पदभार ग्रहण गरेपछि सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । कार्यदलमा सुरक्षा निकायका तीनजना, भौतिक मन्त्रालयका एकजना सदस्य छन् । कार्यदललाई प्रतिवेदन बुझाउन १० दिन समय दिइएको छ । सडक डिभिजन कार्यालय चितवनले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा सडकमाथि ग्रामीण सडक खोलिएको र सोही सडकबाट पहिरो झर्दा दुर्घटना भएको अनुमान गरिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर