नेभिगेसन मेनु

पुलको जग खन्दा मूर्ति भेटियो
सम्पादक:南亚网络电视
समय:2024-04-10 11:50

Untitled-1-(1)

चैत २८ गते । भरतपुर महानगरपालिका–८, गौरीगन्जमा पुरातात्त्विक महत्त्वको मूर्ति भेटिएको छ । झट्ट हेर्दा गौतम बुद्धको जस्तो देखिने सो मूर्ति पुल निर्माणका क्रममा पुलको जग खन्दा करिब पाँच/छ मिटर जमिन तल भेटिएको भरतपुर महानगरपालिका–८ का वडाध्यक्ष जीवनाथ कँडेलले जानकारी दिनुभयो । 

“हामीले पुल निर्माणका लागि जग खन्दै थियौँ । एक्साभेटरले माटो खन्दै गर्दा अनौठो वस्तु बाहिर निकाल्यो । हेर्दा गौतम बुद्धको पुरानो मन्दिर जस्तो देखिन्छ,” उहाँले भन्नुभयो । गौतम बुद्धकै आसनमा बसेर दुवै हात छाती तल जोडेर उत्तानो अवस्थामा राखिएको मूर्ति भेटिएको हो । यो मूर्तिको शिरको गोलो भाग भने काटिएको अवस्थामा छ । 

जमिनको सतहभन्दा पाँच/छ मिटर तल पुरिएको अवस्थामा रहेकाले पनि यो धेरै पुरानो मूर्ति हुन सक्ने उहाँको अनुमान छ । नौ इन्च उचाइ, सात इन्च चौडाइ र १०.५ इन्च गोलाइ भएको सो मूर्ति कुन धातुको हो यकिन छैन । पुरातìवविद् प्रकाश दर्नाल मूर्तिका बारेमा यसै भन्न नसकिने बताउनुहुन्छ । यद्यपि मूर्तिको प्रकृति हेर्दा सयदेखि डेढ सय वर्षअघिको हुनुपर्ने अनुमान उहाँको छ । “यो बुद्धको मूर्तिभन्दा पनि कुनै बौद्धधर्म गुरुको मूर्ति हुन पर्छ,” उहाँले भन्नुभयो, “कुनै जमानामा नेपालकै पहाडी क्षेत्र वा हिमाली क्षेत्रमा रहेका गुम्बाबाट हराएको महìवपूर्ण मूर्ति यो स्थानमा लुकाई राखेको र पछि त्यसै बिर्सिएको हुन सक्छ,” उहाँको अनुमान छ । 

गौरीगन्जका पुराना बासिन्दा पूर्णबहादुर रानाभाटका अनुसार मूर्ति पाएको स्थान पुरानो बस्ती भएको क्षेत्र हो । राणा शासनकै बेलादेखि यो क्षेत्रलाई सल्यानी क्षेत्रका रूपमा बसोबास गराइएको थियो । यो क्षेत्रमा विशेष त थारू र दरैको बस्ती थियो । विसं १९७९ मै यो क्षेत्रमा बसोबासका लागि नापी दर्ता भएको क्षेत्र हो । चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने बरन्डाभार वन क्षेत्रनजिकै पर्ने यो ठाउँ माडीको अयोध्याधामभन्दा करिब ४० किलोमिटर उत्तरमा र चितवनको सदरमुकाम भरतपुरबाट करिब पाँच किलोमिटर दक्षिणमा पर्छ । 

“मूर्तिका बारेमा यसै भन्न सकिने अवस्था रहेन तर यो निकै बहुमूल्य धातुबाट बनेको देखिन्छ,” उहाँले भन्नुभयो । पुरातìव विभागलगायतका सरकारी निकायले यसको अनुसन्धान गरे यकिन कुरा बाहिर आउने उहाँको भनाइ छ । खन्दा जमिनमुनि भेटिएको सो मूर्तिलाई अहिले वडा कार्यालयले संरक्षण गरेर राखेको छ । 

पुरातìव विभागका प्रवक्ता रामबहादुर कुंँवर फेला परेको मूर्तिका सम्बन्धमा अनुसन्धान नभई केही भन्न नसकिने बताउनुहुन्छ । कतै हराएको मूर्ति हुन सक्छ कि भनी जिज्ञासा राख्दा उहाँले मूर्तिको फोटो माग्नुभयो । उहाँले भन्नुभयो, “यसको आवश्यकता अनुसार अनुसन्धान गरी पहिचान गर्ने छौँ ।” 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर