नेभिगेसन मेनु

संयुक्त अभ्यास परीक्षा
सम्पादक:南亚网络电视
समय:2024-03-12 12:40

Untitled-2

फागुन २९ गते । रामेछाप जिल्लाका विभिन्न विद्यालयले संयुक्त अभ्यास परीक्षा सञ्चालन गरिरहेका छन् । आन्तरिक सहकार्यमा विद्यालयले सार्वजनिक बिदाका दिन संयुक्त अभ्यास परीक्षा सञ्चालन गर्दै आएका छन् । रामेछापको सुनापति गाउँपालिकास्थित डहु माविदेखि सदरमुकाम मन्थलीमा सञ्चालित कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुलसम्मले बिदाको दिन संयुक्त अभ्यास परीक्षा सञ्चालन गरिरहेका छन् । कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुलका प्रमुख केशव तिमल्सिनाले संयुक्त परीक्षाले विद्यार्थीको आत्मविश्वास र लेखन अभ्यास बढ्ने भएकाले आन्तरिक सहकार्यमा बिदाका दिन संयुक्त परीक्षा सञ्चालन गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “निरन्तरको मूल्याङ्कनले विद्यार्थीको पढाइमा ध्यान केन्द्रित हुन्छ । यस्ता परीक्षाले विद्यार्थीको आत्मविश्वास र लेखन अभ्यास पनि बढाउँछ । यही कुरालाई आत्मसात् गरी विद्यालय विद्यालयबिचको आन्तरिक सहकार्यमा बिदाको दिन संयुक्त अभ्यास परीक्षा सञ्चालन गरिएको हो ।” 

सोमबार सार्वजनिक बिदाका दिन सदरमुकाम मन्थलीमा रहेको नागकन्या मावि र कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुलबिच संयुक्त अभ्यास परीक्षा सञ्चालन भएको जनाइएको छ । उहाँका अनुसार नागकन्या माविमा भएको संयुक्त अभ्यास परीक्षामा नागकन्या माविमा कक्षा ८ मा अध्ययनरत २८ जना र कर्कलादेवी इङ्लिस बोर्डिङ स्कुलका कक्षा ८ मा अध्ययनरत ३१ जना विद्यार्थी सहभागी भएका थिए । 

यसअघि डहु मावि र तामाकोशी जनजागृति मावि खिम्तीका कक्षा १० का विद्यार्थीबिच संयुक्त अभ्यास परीक्षा सञ्चालन भइसकेको छ । आगामी चैत ३ गते शनिबार डहु माविमा संयुक्त परीक्षा सञ्चालन हुने जनाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर