नेभिगेसन मेनु

डोको र थुन्से बुन्ने विद्यार्थी
सम्पादक:南亚网络电视
समय:2024-03-11 12:24

esgh

फागुन २८ गते । सुनकोसी गाउँपालिका–३ कालिका स्थित श्री जनजागृति विद्यालयले बिद्यार्थीहरुलाई डोको, थुन्से लगायतका घरेलु सामाग्री बुन्न सिकाउन थालेको छ । स्थानीय पाठ्यक्रममा आधारित रहेर उक्त विद्यालयले विद्यार्थीलाई व्यवहारिक ज्ञान हासिल गर्नका लागि डोको, थुन्से लगायतका सामाग्री बुन्न सिकाउन थालेको हो ।

पडाइसँगै घरमा दैनिक उपभोग्य डोको, थुन्से बुन्न सिकाउन थालेपछि बिद्यार्थीहरु पनि फुरुङ्ग भएर सिक्दै छन् । किताबमा पढेको र घरमा देखेको डोको, थुन्से आफैले बुन्न थालेपछि रमाइलो लागेको कक्षा ६ मा अध्ययनरत छात्र सागर थापामगरले हर्ष व्यक्त गर्नुभयो । त्यसो त कक्षा ८ मा अध्ययनरत छात्रा माया पहरीले डोको, थुन्से लगायतका सामाग्री बुन्न सिकेकोले घरमा बुवासँगै उक्त सामाग्री बुन्ने र आम्दानी गर्ने बताउनु हुन्छ ।

लिखित र मौखिक रूपमा मात्रै शिक्षण सिकाई हुँदैं आएकोमा अहिले भने व्यवहारिक रूपमै शिक्षण सिकाई दिन थालिएको प्रधानाध्यापक माधवप्रसाद खनालले जानकारी दिनुभयो । कक्षा ६,७ र ८ का ६० जना छात्रछात्रालाई बाँस, निगालोका चोयाबाट डोको, थुन्से लगायतको घरेलु सामाग्री बुन्न सिकाउन थालिएपछि शैक्षिक प्रभावकारिता वृद्धि भएको उहाँको भनाई छ ।

बिद्यार्थीहरुलाई घरेलु सामाग्री बुन्न सिकाउन विद्यालयले स्थानीय डोको, थुन्से बुन्न जानकार व्यक्तिलाई पारिश्रमिक दिएर नियुक्त गरेको छ । उक्त जीवनोपयोगी तालिमबाट विद्यार्थीले व्यवहारिक सिप पाएका छन् भने स्थानीयले पारिश्रमिक पाएका छन् । अर्कोतर्फ गाउँपालिकाले निमार्ण गरेको स्थानीय पाठ्यक्रम लागु भएको छ । आफ्ना छोराछोरीले विद्यालयमा घरेलु सामाग्री बुन्न सिक्न थालेपछि अभिभावकहरू दङ्ग छन् । 

सिन्धुपाल्चोकमा तीन नगरपालिका र नौ गाउँपालिका छन् । उक्त स्थानीय तह मध्ये अधिकांश पालिकाले स्थानीय पाठ्यक्रम निमार्ण गरेका छन् । स्थानीय पाठ्यक्रम लागु हुने क्रममा छ । सोही अनुरूप विद्यालयहरूले शिक्षण क्रियाकलाप अघि बढाउन थालेका छन् । स्थानीय पाठ्यक्रम अनुसारको शैक्षिक क्रियाकलाप प्रभावकारिता देखिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर