नेभिगेसन मेनु

मुख्यमन्त्रीमा तीन पार्टीको दाबी
सम्पादक:南亚网络电视
समय:2024-03-14 12:46

Untitled-1 (1)

चैत १ गते । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै बागमती प्रदेशमा वर्तमान मुख्यमन्त्रीको निरन्तरता कि परिवर्तन भन्ने बहस चलिरहेको छ । केन्द्रमा सत्ता गठबन्धनमा सहभागी दलहरूमध्ये तीन दलले यस प्रदेशको मुख्यमन्त्रीको दाबी गर्दै आएका छन् । केन्द्रमा रहेको सत्ता गठबन्धनमा रहेका दलमध्ये यस प्रदेशको संसद्मा नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र मात्र रहेका छन् । 

सत्ता गठबन्धनमा रहेको एमाले र एकीकृत समाजवादीले आफूले मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएका छन् । माओवादी केन्द्रले आफ्नो नेतृत्वमा रहेको सरकारलाई निरन्तरता पाउनुपर्ने जिकिरसहित जोड घटाउमा लागेको छ ।

गत वर्ष पुसमा एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको सरकार बनेको थियो तर केन्द्रमा सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपा सरकारबाट अलग्गिएपछि माओवादी केन्द्रकै नेतृत्वले निरन्तरता पाउँदै कांग्रेस र एकीकृत समाजवादीसहितको सरकार बनेको थियो ।

वाम लोकतान्त्रिक गठबन्धन टुटेसँगै बनेको नयाँ समीकरण अनुसार आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतमा प्रदेश सभाको दोस्रो ठुलो दल एमाले पनि लागेको छ । एमालेले बागमतीमा मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेको एमालेका प्रदेश सभाका सदस्य भारती पाठकले बताउनुभयो । 

एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा समेत मुख्यमन्त्रीका बारेमा छलफल भएको र आफूहरूले पाउनुपर्ने मत प्रदेश सभाका सदस्यहरूबाट आएको उहाँले बताउनुभयो । उहाँले सङ्घका प्रधानमन्त्रीले विश्वासको मत लिइसक्नुभएकाले अब प्रदेशमा पछिल्लो समीकरण अनुसार कसको नेतृत्वमा सरकार बनाउने हो भन्नेबारेमा आवश्यक प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । 

यस्तै सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले मुख्यमन्त्रीका लागि आफ्नो पार्टीको पनि दाबी रहेको बताउनुभयो । उहाँले भागबन्डा अनुसार आफ्नो पार्टीले मुख्यमन्त्री पाउँदा यसै प्रदेशमा पाउने भएकाले अहिले मुख्यमन्त्रीमा दाबी गरी छलफल भइरहेको बताउनुभयो । 

माओवादी केन्द्रका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी प्रदेश सरकारको नेतृत्वमा माओवादी केन्द्रले नै निरन्तरता पाउनुपर्ने दाबी गर्नुहुन्छ । उहाँले मुख्यमन्त्रीमा माओवादी केन्द्रको दाबी स्वाभाविक भएको बताउँदै केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिनुभएकाले सरकारको नेतृत्वको बारेमा आवश्यक प्रव्रिmया अगाडि बढाउन बाटो खुलेको बताउनुभयो । 

तीनै दलले मुख्यमन्त्री र मन्त्रीको दाबी गरेपछि केन्द्रको निर्देशनमा नै यस प्रदेशको मुख्यमन्त्रीको टुङ्गो लाग्ने छ । सत्ता समीकरणमा रहेका तीनै दल यतिखेर केन्द्रको निर्देशनको पर्खाइमा छन् । गत वर्ष पुसमा एमाले, एकीकृत समाजवादी, माओवादी केन्द्र र राप्रपासहितका गठबन्धनको सरकार बन्दा माओवादी केन्द्रपछि एमालेको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने सहमति बने पनि बिचमा नै गठबन्धन टुट्न पुगेको थियो ।

अहिलेको प्रदेशमा तीनै दलले मुख्यमन्त्रीमा दाबी गरे पनि सरकार गठनका लागि आवश्यक बहुमत भने छैन । प्रदेश सभामा रहेका अन्य दलको समर्थन प्राप्त गर्नुपर्ने हुन्छ । नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएको र नेपाल मजदुर किसान पार्टीले सत्ताको खेलमा सहभागी नहुने बताउँदै आएको छ ।

राप्रपा र हाम्रो नेपाली पार्टीको समर्थनमा नयाँ सत्ता समीकरणले बहुमत जुटाउन कसरत गरे पनि ती पार्टीले निर्णय गरिसकेका छैनन् । 

बागमती प्रदेशमा केन्द्रमा बनेको सत्ता गठबन्धनका दलहरू नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गरी ५५ जना प्रदेश सभा सदस्य रहेका छन् । ११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा सरकार बनाउन बहुमतका लागि ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ । 

केन्द्रमा बनेको सत्ता गठबन्धनका लागि बहुमत पु¥याउन दुई जना प्रदेश सभा सदस्य रहेको हाम्रो नेपाली पार्टी वा १३ जना प्रदेश सभा सदस्य रहेको राप्रपाको समर्थन अनिवार्य रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर