नेभिगेसन मेनु

सङ्घीय सांसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासकाे मत लिने
सम्पादक:南亚网络电视
समय:2024-03-13 12:43

sansad-bhawan

फागुन ३० गते । विश्वास प्राप्त गर्न प्रतिनिधि सभा सङ्घीय सांसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने, उक्त प्रस्तावमाथि छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गरिने र आ.व. २०८१-०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची छ ।

त्यस्तै राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नुहुने, अध्यक्षले विषयगत समितिमा रहनुहुने सदस्यहरूको नाम हेरफेर तथा मनोनयन गर्नुहुने, अध्यक्षले राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिको पदको निर्वाचनको दिन तोक्नुहुने र  आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने कार्यसूची छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर