नेभिगेसन मेनु

रंगहरुको पर्व होली मनाइँदै, पहाडी जिल्लामा सार्वजनिक विदा आज, तराईमा भोलि
सम्पादक:南亚网络电视
समय:2024-03-24 13:04

IMG_1203

काठमाडौँ, चैत ११ गते । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

IMG_1214

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहि आएको छ । होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिंदै मर्यादित ढंगले होली मनाउन आग्रह गर्नुभएको छ ।

Untitled-1

राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा होलीपर्वले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमा होलीेको अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गर्नुभएको छ ।

dahal-ghimire_MGGUUQeSF8

शुभकामना सन्देश दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा होलीपर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै सभामुख देवराज घिमिरले हामीसँग परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व भएकाले चाडबाडका नाममा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

IMG_1257

होली पर्व हिन्दुधर्मावलम्बीहरुले मनाउने गर्छन् । यो पर्व विशेषत भारत र नेपालमा मनाईने गरिन्छ । यो पवर्मा विभिन्न रङ्गहरु एक अर्कालाई लगाउने र खुसीयाली साटासाट गरेर्र रमाइलो गरी मनाईन्छ । यसलाई रङ्गहरुको पर्व पनि भनिन्छ । एक आपसमा भएका शत्रुता भुलेर खुसीयाली मनाउँदै रङ्गहरु छ्यापाछ्याप गरेर होली मनाउने प्रचलन छ ।

IMG_1216

 किन मनाइन्छ होली

यो पर्व मनाउनुको मुख्य कारणमा दानवता माथी मानवताको विजय भएको खुसीयालीमा हो । त्रेता युगमा एकजना राक्षसी प्रवृत्तिका ब्यक्ति थिए । उनको नाम हिरण्यकशिपु थियो । उनले ब्रम्हा भगवानको कठोर तपस्या गरेका थिए । तपस्याबाट भगवान् अतिनै खुसी भएर बरदान माग्न भने । उनले यस्तो बरदान मागे की उनीलाई कसैले पनि मार्न नसकुन् । उनको मृत्यु बिहान, राती, बाहिर भित्र, जनावर, मानिसले वा देवताको हातबाट नहोस् । अस्त सस्त्रबाट पनि मृत्यु नहोस् । यस्तो अच्चमको बरदान् माग्दा भगवानलाई अनौठो त लाग्यो होला तर उनको कठीन तपस्याका कारण ब्रम्हाले बरदान त्यस्तै दिए । जव बरदान पाए, त्यसपछि हिरण्यकशिपुले आफूलाई नै भगवान् मान्न थाले । अरुमाथी अन्याय, अत्याचार गर्ने क्रम जारी राखे । पिता खराब प्रबृत्तिको भएतापनि उनका छोरा प्रल्लाहद भगवान् विष्णुका सबैभन्दा ठुला भक्त बन्न पुगे । आसुरी वा राक्षसी प्रवृत्तिको पिताले छोरालाई आफ्नै सबैभन्दा शक्तिशाली भएकाले आफ्नै पूजा गर्न भने । तर छोरा प्रल्हादले मानेनन् । पटक—पटक धम्क्याउँदा पनि छोराले भगवान् विण्णुप्रतिको अगाध श्रद्धा कायमै राखेका कारण हिरण्यकशिपुले प्रल्हादलाई मार्ने योजना बनाए । जसका लागि बहिनी होलिकालाई अनुरोध गरे । होलिकाले उनका दाजुको आग्रह अनुसार बालक प्रल्हादलाई लगेर आगोमा भष्म पार्न लाग्दा उनी आफै जलेर खरानी भईन् तर बालक सकुशल रहे । होलिका दहन भएको दिनको सम्झनास्वरुप मनाईने भएका कारण यो दिनमा होलिकाको दहन गर्ने चलन पनि छ । यहि मान्यता अनुसार फागु पूर्णिमाका रुपमा होली पर्व मनाईन्छ । हिरण्यकशिकपुको अत्याचार बढ्न थालेपनि स्वयं विष्णु भगवान्ले नरसिंह अवतार लिएर उनलाई मार्नु परेको थियो । यो अवतार भनेको आधा मानिस र आधा सिंहको हो । हाम्रा पर्वहरुले हामीलाई केही न केही सकारात्मक सन्देश दिएका हुन्छन् । यो पर्वले पनि घमण्ड र नकारात्मक स्वभावलाई होइन नम्रता र असल कर्म गर्न सिकाएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर