नेभिगेसन मेनु

चीनसँगको आर्थिक सहकार्य दरिलो बनाउन छलफलमा बस्यो नेपाल
सम्पादक:南亚网络电视
समय:2024-03-07 16:16

DSC05155

काठमाडौ, फाल्गुन २३: विश्वमै तीव्रगति र अग्रस्थानको रुपमा चिनले हात पारेको विकास र सम्बृद्धिसँगसँगै छिमेकी राष्ट्र नेपालले पनि विकास र समृद्धिका लागि चीनसँग सहकार्य र समन्वय गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

१४ औँ चिनिया राष्ट्रिय तथा चिनिया जनराजिनैतिक परामर्शदात्री सम्मेलनको दोश्रो सत्रको सन्दर्भमा काठमाडौमा आज आयोजित चीनको आर्थिक विकास र छिमेकी देशहरुका लागि नयाँ अवसर विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी विज्ञहरुले उक्त कुरामा जोड दिएका हुन् । 

चाईना मिडिया ग्रुपको आयोजना र नेपाल चीन युवा मैत्री संघ तथा फ्रेण्डसिप फोरम फर नेपप्लिज जर्नालिष्टको सहआयोजनामा भएको अन्तरक्रियामा भाग लिदै विज्ञहरुले छिमेकी देश चीनमा यत्तिवेला चलिरहेको अन्तर्राष्ट्रिय महत्वका दुईवटा वार्षिक बैठकहरुमा नेपालको विषयले समेत प्रवेश पाएको उल्लेख गर्दै नेपालले पनि चिनको अर्थतन्त्र र विकासबाट फाईदा लिन सक्नुपर्ने बताएका हुन् । 

13

अन्तरक्रियालाई सम्वोधन गर्दै नेपालस्थित चिनियाँ राजदूतावासका डिसीएम वाङ सीनले चीनले विश्वमा नै तिव्रगतिमा आर्थिक बृद्धि गरिरहेको तथ्याङ उल्लेख गर्दै नेपाल र चीन बीच जनस्तरबाट सम्बन्धलाई विस्तार गर्दै चिनको सम्बृद्धिसँगसँगै छिमेकी मुलुक नेपाललाई पनि समृद्धिको बाटोमा सहकार्य गर्नका लागि चीन तयार रहेको भन्दै सहकार्य र समन्वयका लागि आह्वान गर्नुभयो । 

12

चीनका लागि पूर्व नेपाली राजदूत तथा नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणी पौड्यालले क्रयशक्ति, उत्पादन, वैदेशिक व्यापारिक शक्ति लगायतका क्षेत्रमा विश्वकै पहिलो राष्ट्र चीनसँग नेपाल आर्थिक, सामाजिक, भौगोलिक रुपमा जोडिएको छिमेकी राष्ट्र भएको उल्लेख गर्दै चीनको परिवर्तनले नेपाललाई प्रत्यक्ष असर पार्ने उल्लेख गर्नुभयो । 

पौडेलले नेपाल र चीनबीचको सम्वन्धलाई फलदायी बनाउन राजनितिक र उच्च तहमा चीनप्रतिको बुझाईमा एकरुपता हनुपर्नेमा जोड दिनुभयो । त्यस्तै चिनसँगको विकाससँग सहकार्य गर्न प्राथमिकताका आधारमा सहकार्य गर्नुपर्ने बताउनुभयो । त्यस्तै चिनको प्रविधिको विकास, नयाँ उर्जा, जनस्तरको सम्वन्ध बृद्धि, राजनितिक तहका विश्वासको वातावरण निर्माण, क्षेत्रीय र अन्तराष्ट्रिय सम्बन्धमा सहकार्य गरी साझा विकास र साझा भाग्य निर्माण गर्न सक्नुपर्ने बताउनुभयो । 

7

वरिष्ठ लेखक, कुटनितिज्ञ तथा रसियाका पुर्व राजदुत हिरण्यलाल श्रेष्ठले नेपाल ल्याण्डलक कन्ट्री नभई ल्याण्ड लिङ्क कन्ट्री भएको भन्दै छिमेकी चीनसँग पनि सञ्जाल विस्तार गरेर विकास र सम्वृद्धिमा सँगसँगै अगाडि बढ्न सक्नुपर्ने बताउनुभयो । 

विशेष गरि चिनले तिब्बती क्षेत्रमा गरेको विकासलाई नेपालतिरका हिमाली जिल्लाहरुसम्म पनि विस्तार गर्न सकेमा हिमाली क्षेत्रहरु मात्रै नभई समग्र नेपालको विकास हुने र नेपाल र चीनबिचको सामाजिक, सांस्कृतिक रुपमा सम्बन्ध झनै बलियो बन्ने विश्वास व्यक्त गर्नूंभयो । 

21

कार्यक्रममा चिन नेपाल सम्वन्धसँग सम्वन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विज्ञहरुले धारणा राख्नु भएको थियो । कार्यक्रमको रे टेलिभिजनले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर