नेभिगेसन मेनु

नेपालस्थित चिनियाँ दूतावासले गर्यो सहयोगी मनहरुको प्रसंसा
सम्पादक:南亚网络电视
लेखक:विशाल श्रेष्ठ
समय:2024-02-24 14:19

IMG_8534

"चिनियाँ नयाँ वर्ष" शृंखलामा स्वयम्सेवकहरूको निस्वार्थ समर्पण र कडा परिश्रमका लागि नेपालस्थित चिनियाँ दूतावासद्वारा कृतज्ञता व्यक्त गरिएको छ। तस्बिर - रिया श्रेष्ठ / एस् ए टि भी 

एस् ए टि भी, फाल्गुन ११ गते। नेपालस्थित चिनियाँ दूतावासले नयाँ वर्ष शृंखलाका गतिविधिमा सहभागी स्वयम्सेवक र संस्थाहरूको प्रसंसा गर्दै आभार समारोहको आयोजना गरेको छ । लालटेन महोत्सवको अवसर पारेर नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार साँझ रात्रिभोजको आयोजना गरेको थियो।

सन् २०२४ मा मनाइएको पहिलो "चिनियाँ नयाँ वर्ष" शृंखलामा स्वयम्सेवकहरूको निस्वार्थ समर्पण र कडा परिश्रमका लागि कृतज्ञता व्यक्त गर्न र उहाहरूको कडा मेहनतलाई कदर गर्न समारोहको आयोजना गरिएको हो।  संयुक्त राष्ट्र सङ्घले समेत गत वर्ष मान्यता दिएको चिनियाँ वसन्त पर्व नेपालका काठमाडौँ, भक्तपुर, ललितपुर र कास्की पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको थियो । 

IMG_8669

प्रतिनिधी सभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यमा आयोजना गरिएको आभार कार्यक्रममा नेपालका लागि चीनका राजदूत महामहिम छन् सोङ, राजदुतावासका डिसीएम वाङ सिन, काठमाण्डौं महानगरपालिका वडा नं ५ का प्रमुख वीरेन्द्र प्रजापति, भक्तपुर महानगरपालिका प्रमुख सुनिल प्रजापति, ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख नन्दनी थापा, राष्ट्रिय खेलकुद परिषद्का महासचिव टंकलाल घिसिङ, ओभरसिज चाइनिजका प्रमुख जिन सियाओदोङ लगायत अन्य विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो।

IMG_8808

प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य पेश गर्नु हुदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले चीनको उदयबाट नेपाल र नेपाली खुशी भएको र  छिमेकी राष्ट्रबाट नेपालले  आर्थिक, सामाजिक र प्राविधिक विकासबारे सिक्ने बताउनुभयो । उहाँले चीन नेपालको विश्वासयोग्य विकास साझेदार भएको र चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गरेकामा कृतज्ञता पनि व्यक्त गर्नुभयो ।

IMG_8846

नेपालका लागि चिनियाँ राजदूत महामहिम छन सोङले सहभागी स्वयंसेवक तथा संस्थाका प्रतिनिधिहरूलाई न्यानो स्वागत र हार्दिक धन्यवाद ज्ञापन गर्नुहुदै उत्सव गतिविधि शृङ्खलाको सफलतालाई प्रत्येक स्वयंसेवकको सक्रिय सहभागिता र निःस्वार्थ समर्पणबाट अलग गर्न नसकिने बताउनुभयो। साथै पहिलो पल्ट नेपालमा मनाइएको सो कार्यक्रमले चीनबारे बुझ्ने नेपालीको सङ्ख्या ३५ प्रतिशतले बढेको र यसबाट दुई देशवीच सांस्कृतिक आदानप्रदान, ज्ञान, समझदारी र सम्बन्धले गहिरो जरा गाडेको राजदूत सोङले जानकारी गराउनुभयो।

Weixin Image_20240223215605

“काठमाडौँमा चिनियाँ नयाँ वर्ष” श्रृङ्खलाको सुरुआत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेपालका लागि चिनियाँ राजदूत छन सोङले गत पुस २९ गते शुभारम्भ गर्नुभएको थियो । चिनियाँ नयाँ वर्षका अवसरमा नेपाल चीन मैत्री फुटबल म्याच, चिनियाँ इलेक्ट्रिकल सामग्री र लालटिन प्रदर्शनीलगायत विभिन्न सांस्कृतिक कार्यक्रम नेपालका विभिन्न दरबार, सडक, र खेलमैदानमा आयोजना गरिएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर