नेभिगेसन मेनु

पाँचखालमा १८ देशका सेनाको परेड
सम्पादक:南亚网络电视
समय:2024-02-29 13:20

talim_LVym3GdfDd

शान्ति सेनामा सहभागी हुने फौजको पेशागत दक्षता अभिवृत्ति गर्न नेपालमा १८ देशका सेनाको संयुक्त सैन्य तालिम भइरहेको छ । फागुन ८ गते जंगीअड्डाबाट शुरु भएको तालिम पाँचखालमा जारी छ । 

दुई हप्तासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इण्डोनेसिया, मङ्गोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरियालगायत १८ मुलुकका १ हजार १ सय ६२ जना सैनिक सहभागी छन् । युद्ध भइरहेको देशमा पट्रोलिङ र कर्डन एण्ड सर्च अपरेसन कसरी गर्ने भन्नेसहित ३ वटा मुख्य विधामा २८ जना सैन्य अधिकृतहरुले तालिम दिइरहेको बताइएको छ ।

तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुने त्यहाँका महासेनानी सञ्जित श्रेष्ठले जानकारी दिए । निकट भविष्यमा शान्ति सेनामा जाने सैनिकहरुलाई मध्यनजर गरी आयोजित तालिममा विदेशका १० र दुईवटा नेपाली गरी १२ वटा सैनिक टुकडी रहेको उनले बताए । 

एशियाका पाँच देश नेपाल, बंगलादेश, इण्डोनेसिया, मलेसिया र मंगोलियामा हरेक वर्ष यस किसिमका तालिम संचालन हुँदै आएको छ । शान्ति सेनामा रहँदा भएका कमी कमजोरीलाई तालिमले निखार्ने महासेनानी श्रेष्ठले बताए । शान्ति सेनामा विभिन्न देशमा जानुपर्ने र त्यहाँ समन्वयको अभाव हुने भएकाले यस्तो तालिम आवश्यक रहेको उनको भनाइ छ ।

अभ्यासका क्रममा कन्ट्रोलिङ कारबाही, चेक प्वाइन्टको कारबाही, घेरा गर्ने, मानिसहरुको सुरक्षा, नयाँ थपिएका सैनिकहरु कुनै ठाउँमा रोकिएको अवस्थामा गरिने उद्धार लगायतका विषय पनि सिकाइने छ । त्यस्तै, संयुक्त राष्ट्रसंघको परिवर्तित व्यवस्थाका बारेमा पनि शान्ति सेनालाई जानकारी गराइने बताइएको छ ।

राष्ट्रसङ्घको सामान ढुवानी गर्दा कसरी स्कर्टिङ गर्ने र मिसन इलाकामा शंकास्पद बिस्फोटक पदार्थ भेटिए डिस्पोज गर्ने तरिकाबारे पनि तालिम गराइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर