नेभिगेसन मेनु

स्याउका बिरुवा अब जिल्ला बाहिरबाट नल्याइने
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-29 12:40

humla

फागुन १७ गते । कृषि क्षेत्रमा काम गर्दै आएका हुम्ला जिल्लाका तीन वटा कार्यालयले जिल्लाकै किसानहरुले उत्पादन गरेका बिरुवा खरिद गरेर वितरण गर्ने भएका छन् । किसानहरुले स्याउका बिरुवा उत्पादन गर्न थालेपछि जिल्लामा आएको साधन र स्रोत जिल्ला बाहिर नपठाउनका लागि जिल्लाकै बिरुवा खरिद गर्न लागिएको हो ।

सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले तीन वटा कार्यालयहरु सिमकोट गाउँपालिका, कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ जोन परियोजनले यस वर्षबाट जिल्ला बाहिरबाट स्याउका बिरुवा खरिद गरेर नल्याउने निष्कर्षमा पुगेको बताउनुभयो ।

यसअघि ती कार्यालयहरुले जिल्ला बाहिर जुम्ला, बैतडी र काठमाडौंबाट बिरुवा ल्याएर किसानलाई वितरण गर्दै आएको थियो भने जिल्लाका किसानहरुले आफुले उत्पादन गरेका बिरुवा बिक्री नभएको गुनासो गर्दै आएका थिए ।

उहाँले तीन वटै कार्यालयबाट सत्र हजार स्याउका बिरुवा खरिद गर्न लागिको र त्यसमा सिमकोट गाउँपालिकाका सात जना किसानबाट साढे आठ हजार बिरुवा खरिदका लागि कुरा भइसकेको जानकारी दिनुभयो । साथै बाँकी साढे आठ हजार बिरुवा हुम्ला जिल्लाकै चङ्खेली गाउँपालिकाका किसानबाट खरिद गर्ने कुरा अगाडि बढेको उहाँको भनाइ छ ।

उहाँले यसवर्षबाट स्याउका बिरुवा जिल्लामै खरिद गर्ने र जिल्लामा आएको स्रोत जिल्लाकै किसानले पाउन भन्नका लागि यो नीति लिइएको बताउनुभयो । यसका लागि तीन वटै कार्यालयले २० लाख बजेट खर्च गर्दैछन् ।

प्रमुख शाहीले जिल्लाको भूगोल र  परिवेश हेरेर हिउँदे बोटबिरुवा उत्पादनका लागि शाखाले आठ जनालाई ३५ दिने बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन तालिम दिएको पनि जानकारी दिनुभयो । कृषि क्षेत्रमा काम गर्ने निकायले यसअघि लाखौं बजेट बोटबिरुवाका लागि जिल्ला बाहिरका कृषकलाई भुक्तानी गर्नु पर्ने अवस्थामा अब अन्त्य हुनेछ ।

उहाँले यो वर्ष सुरुवात भएको र अब सधैँ यसरी नै जिल्लाका किसानलाई बिरुवा उत्पादन गर्न लगाएर खरिद गरिने नीति लिइने बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर