नेभिगेसन मेनु

बद्लिएको मन्त्रिपरिषदमा दोहोरिएको अनुहार
सम्पादक:南亚网络电视
लेखक:एस् ए टि भी
समय:2024-03-07 13:02

WeChat Screenshot_20240307104344

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धनमा आबद्ध दलहरूलाई समेटेर बुधबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । २० सदस्यीय मन्त्रिपरिषद्मा तीन नयाँ अनुहार आएका छन्, बाँकीले यसअघि पनि मन्त्री–उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व हुन सकेको छैन । 

राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिएलगत्तै नवनियुक्त मन्त्रीहरू सिंहदरबार पुगेर पदभार सम्हालेका छन् । बुधबार तीन उपप्रधानमन्त्री र १६ मन्त्री नियुक्त भएका हुन् । यसअघि मंगलबार एमाले, माओवादी र रास्वपाबाट एक–एकजनाले मन्त्रीको शपथ लिए पनि मन्त्रालय तोकिएको थिएन ।

नयाँ गठबन्धन बन्दा चार दल रहेकामा बुधबार एकीकृत समाजवादी पनि सहभागी भएपछि सरकार सुविधाजनक बहुमतमा पुगेको छ । एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१ र नेकपा एकीकृत समाजवादीका १० सांसद छन् । चार दलको सांसद संख्या १४१ पुग्छ । बहुमतका लागि १३८ सांसद चाहिन्छ । जसपा थपिए सत्तागठबन्धनसँग १५३ सांसद हुनेछन् । 

एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती, रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा समाजकल्याण, राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षी र बलराम अधिकारी भूमि व्यवस्थामन्त्री बनेका छन् । 

उनीहरूमध्ये कपिलवस्तुबाट निर्वाचित अधिकारी मात्रै पहिलो पटक मन्त्री बनेका हुन् । उपप्रधानमन्त्री महासेठ तेस्रोपटक मन्त्री बनेका हुन् । एमाले सचिवसमेत रहेका उनी धनुषा– ४ बाट निर्वाचित भएका थिए । 

स्वास्थ्यमन्त्री गिरी ०७४ र ०७९ मा लगातार पर्वतबाट निर्वाचित सांसद हुन् । पछिल्लो निर्वाचनपछि प्रचण्ड नेतृत्वकै सरकारमा उनी यसअघि करिब दुई महिना स्वास्थ्यमन्त्री बनेका थिए । बैतडीका उद्योगमन्त्री भण्डारी तेस्रोपटक मन्त्री बनेका हुन् । त्यस्तै, धनकुटाका राई, सुनसरीकी चौधरी, सर्लाहीका उप्रेती र बाराकी  साह दोस्रो पटक मन्त्री बनेका हुन् । 

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार र हितबहादुर तामाङ पर्यटनमन्त्री बनेका छन् । श्रेष्ठले यसअघि यही सरकारमा उप्रधानमन्त्रीसहित गृहमन्त्रालय सम्हालेका थिए भने बस्नेत र शर्मा यिनै मन्त्रालयसहित मन्त्री थिए । 

माओवादीका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य श्रेष्ठ पाँचौँपटक मन्त्री बनेका हुन् ।  अर्थमन्त्री पुन माओवादी उपमहासचिव हुन् । रोल्पाबाट निर्वाचित उनी दोस्रोपटक अर्थमन्त्री बनेका हुन् । उनले शान्ति तथा पुनर्निर्माण र ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हालिसकेका छन् । 

जाजरकोटबाट निर्वाचित ऊर्जामन्त्री बस्नेत पनि माओवादीमा पटक–पटक मन्त्री हुनेमा पर्छन् । सञ्चारमन्त्री शर्माले  विगतमा सामान्य प्रशासन मन्त्रालय पनि सम्हालिसकेकी छिन् । पर्यटनमन्त्री तामाङ दोस्रो पटक मन्त्री भएका हुन् । 

रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान एवं गृह, डिपी अर्याल श्रम, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बनेका छन् । सुमना र विराजभक्त पहिलो पटक मन्त्री बनेका हुन् । लामिछाने अघिल्लो वर्ष ४२ दिन उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका थिए । त्यस्तै, रास्वपाका उपसभापतिसमेत रहेका श्रममन्त्री अर्याल यसअघि यही मन्त्रालय सम्हालिसकेका छन । 

एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला र धनबहादुर बुढा सहरी विकासमन्त्री बनेका छन् । उनीहरू दुवै दोस्रोपटक मन्त्री बनेका हुन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर