नेभिगेसन मेनु

राष्ट्रिय समस्याहरूको समाधान गर्न सबै एक ठाउँमा उभिनुपर्छ भन्दै थरिथरिका विचलन रोक्न प्रधानमन्त्रीले मागे विश्वासको मत
सम्पादक:南亚网络电视
समय:2024-03-13 16:24

pm-prachanda2024-03-13-11-56-17

एस् ए टि भी, फाल्गुन ३० गते। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । 

विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए । 

‘यावत् आक्षेपकै बीचमा पनि म फेरि दोहोर्‍याउँछु, प्रधानमन्त्रीका रूपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासकै लागि प्रतिबद्ध छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको शक्ति विन्यासमा हामी सबैको स्वामित्व र अपनत्व छ । राष्ट्रपति नेपाली कांग्रेसको पृष्ठभूमिबाट हुनुहुन्छ । उपराष्ट्रपति जनता समाजवादी पार्टीबाट हुनुहुन्छ । सभामुख नेकपा (एमाले)को पृष्ठभूमिबाट हुनुहुन्छ । राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रको पृष्ठभूमिबाट हुनुहुन्छ । उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको पृष्ठभूमिबाट हुनुहुन्छ । सबैको सम्मानपूर्ण यो प्रतिनिधित्वमा मेरो निर्णायक भूमिका छ र त्यसमा मलाई गर्व छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरितका थरिथरिका विचलन रोक्न संसद्सँग विश्वासको मत प्रदान गर्न आग्रह गर्नुभएको छ ।

विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि सरकारले विश्वासको मत पाउन जरुरी रहेको स्पष्ट पार्नुभयो ।

“पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ताप्रति गौरवबोध गर्न मलाई संसद्को समर्थन चाहिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म सम्मानित संसद्लाई विश्वास दिलाउँछु हजारौं नयाँ स्टार्टअप र उद्यमशीलता केही महिनामैं सुरु हुनेछन् । आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ ।”

सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुनः स्थापित गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइने बताउनुभयो ।

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर